काठमाडौं । नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) बरामद गरेको छ । २५ करोड रुपैयाँबराबर रकम बरामद गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन् ।
प्रतिक्रिया