अर्जुनदृष्टि/ नवलपरासी । एनएमबि बैंक रामग्राम परासी शाखाले नगरपालिकाका १३ विद्यालय र दुइ हस्पिटललाइ वाटर डिस्पेन्सर हस्तान्तरण गरेकोछ ।
बैंकको तर्फदेखि रामग्राम शाखा प्रबन्धक राम नरेश गुप्ताले नगरपालिकाका श्री पवन मावि परासी , श्री आदर्श मावि परासी, जनता मावि डैनाहवा, श्री राष्ट्रिय मावि पन्डितपुर, जनता मावि देवगाउ, राष्ट्रिय मावि कर्मैनि, जनता मावि लक्ष्मीपुर, राधाकृष्ण मावि बिष्णुपुरा, जनता मावि भुजहवा, श्री बिनोद निता कंडेल आधारभुत विद्यालय दुबौलिया, महेन्द्र जनता मावि गडौरी, जनता आधारभूत धनगडवा, पृथ्वी चन्द्र हस्पिटल परासी, श्री हरपुर मावि हरपुर र बिनोद निता कंडेल आखा अस्पताल परासीलाइ वाटर डिस्पेन्सर हस्तान्तरण गरेका थिए । उनले एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तरगर्त विद्यालयका शिक्षक, विद्यार्थीहरु तथा हस्पिटलका बिरामी तथा कर्मचारीहरुको लागि शुद्ध पिउनेपानी ब्यवस्थापनको लागि सहज होस् भन्ने उदेश्यले एक÷एक थान वाटर डिस्पेन्सर सहयोग हस्तान्तरण गरिएको बताए।
कार्यक्रममा बोल्दै रामग्राम नगरपालिकाका निमित्त नगर प्रमुख सम्झना चौधरीले एनएमबि बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रामग्रामका विद्यालयहरु तथा हस्पिटलहरुलाइ शुद्ध पिउने पानी उपलब्ध गर्ने उदेश्यले वाटर डिस्पेन्सर सहयोग गरेकोमा सराहना गर्दै बैंकले बैंकिङ्ग सेवा सगै सामाजिक हितका कार्य गर्नु सकारात्मक कदम भएको उल्लेख्य गरे।
आदर्श नमूना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक संघका जिल्ला अध्यक्ष अरविन्द पाठक, राष्ट्रिय शिक्षक परिषद जिल्ला अध्यक्ष हेमन्त यादव, आखाँ अस्पतालका कोषाध्यक्ष अमरचन्द्र अग्रवाल लगायतले एनएमबि बैंकले रामग्रामका विद्यालयहरु तथा हस्पिटलहरु छ्नौट गरि वाटर डिस्पेन्सर सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका कर्मचारी डिबि कठ्यात, सुर्य पाठक, रश्मी लिगल लगायतको उपस्थिति थियो।
प्रतिक्रिया