ताजा अपडेट »
सूचना प्रविधी

गुगल प्ले स्टोरमा १० अर्ब पटक डाउनलोड भए यी एपहरू

मंगलबार, ०५ चैत्र २०८१, ०८ : ०६
26 Shares
मंगलबार, ०५ चैत्र २०८१
26 Shares

काठमाडौं । गुगल प्ले स्टोर एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र नभई आधुनिक डिजिटल दुनियाँको अभिन्न हिस्सा बनेको छ । पछिल्लाे समय दुनिया डिजिटलाइजेसनमा अगाडी बढेसंडै सबैकाे हात हात मा माेबाइल छ र संसार माेबाइल बाटै सहजै जाेडीएकाे छ । मानिसलाइ सहजै जाेड्न प्ले स्टाेरमा उपलब्ध एपहरूले स्मार्टफोन, ट्याब्लेट वा क्रोमबुकको अनुभवलाई अझ सहज, रोचक र प्रभावकारी बनाएका छन । चाहे तपाईं मनोरञ्जन खोज्दै हुनुहोस् वा उत्पादकता बढाउन, प्ले स्टोरले असङ्ख्य विकल्पहरू प्रदान गर्दछ ।

प्ले स्टोरमा उपलब्छ यस्ता एपहरू पनि छन जसले लोकप्रियताको सबै सीमाहरू पार गरेका छन् । प्ले स्टोरमा १० करोड डाउनलोड हुन पुग्नु ठूलो उपलब्धि मानिन्छ, तर याे भन्दा माथि १० अर्ब (१० बिलियन) डाउनलोडको आँकडा पनि छ, जुन निकै नै दुर्लभ उपलब्धि हो  । प्ले स्टाेरमा यस्तो आँकडा पार गर्ने एपहरूले विश्वभरका प्रयोगकर्ताको विश्वास जित्दै डिजिटल दुनियाँमा आफ्नो प्रभाव जमाएका छन् । यसरी दस अर्ब भन्दा बढी पटक डाउनलाेड भएका एपहरू कुन कुन हुन त जानाै ।

यस्ता छन १० अर्बभन्दा बढी पटक डाउनलोड भएका विभिन्न १२ एपहरू ।

१२) गुगल म्याप्स
maps
गुगल एलएलसीले गुगल म्याप्सलाई २३ सेप्टेम्बर २००८ मा सार्वजनिक गरेको थियो । यो सबैभन्दा भरपर्दो नेभिगेसन एपमध्ये एक हो, जसलाई प्रत्येक एन्ड्रोइड डिभाइसमा प्रि-इन्स्टल गरिएको हुन्छ । यात्राका क्रममा उपयोगी विभिन्न फिचरहरू उपलब्ध गराउने यो एपमार्फत नजिकका रेस्टुरेन्टहरू पत्ता लगाउन, पार्किङ स्थान याद गर्न र आपतकालीन आश्रयका लागि निर्देशन पाउन सकिन्छ ।

११) गुगल


google-logo-history

१२ अगस्ट २०१० मा गुगल एलएलसीले यो एप प्ले स्टोरमा सार्वजनिक गरेको हो । गुगल एप (गुगल सर्चको रूपमा पनि चिनिन्छ) अर्को एप हो जसले १० अर्ब डाउनलोडको आँकडा पार गरेको छ । धेरै मानिसले गुगललाई वेब ब्राउजरको रूपमा प्रयोग गर्छन् । यो एप विभिन्न जानकारी पाउन, फोटो वा समाचार खोज्न पनि उत्तिकै उपयोगी छ । यसबाहेक यस एपले एआई र गुगल लेन्स जस्ता आधुनिक फिचर पनि उपलब्ध गराएको छ । यो एप पनि एन्ड्रोइड डिभाइसमा प्रि-इन्स्टल भएर आएको हुन्छ ।
 
१०) स्पिच रिकग्निसन एन्ड सेन्थेसिस

speech
​गुगल एलएलसीले यो एप १० अक्टोबर २०१३ मा सार्वजनिक गरेको हो । स्पिच रिकग्निसन एन्ड सिन्थेसिस एपमा गुगलको टेक्स्ट-टु-स्पिच र स्पिच-टु-टेक्स्ट टेक्नोलोजी प्रयोग गरिएको छ । यस एपमा इनबिल्ट फङ्सनालिटी रहेको छ, जसले एआई प्रयोग गरी पेजमा देखिएको टेक्स्टलाई बोलेर सुनाउने र बोलेका शब्दहरूलाई टेक्स्टमा रूपान्तरण गर्ने काम गर्छ । यो एप गुगल म्याप्स, गुगल ट्रान्सलेट, गुगल प्ले बुक्स तथा अन्य थर्ड-पार्टी एपहरूसँग मिलेर काम गर्छ । साथै, यसमा भ्वाइस सर्चको फङ्सनसमेत समावेश छ ।

९) युट्युब

you
प्ले स्टोरमा १० अर्ब डाउनलोड पार गर्ने अर्को एप युट्युब हो । यो एप गुगलको स्वामित्वमा छ । गुगलले सन् २००६ मा १ अर्ब ६५ करोड डलर खर्चेर युट्युब अधिग्रहण गरेको थियो । डिमान्डसेजका अनुसार, युट्युबमा मासिक २५ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् । अप्रिल २०२४ सम्म यो विश्वभर दोस्रो सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल बनेको थियो ।

युट्युब एप विभिन्न डिभाइसमा सहजै चल्छ । यसलाई निःशुल्क प्रयोग गर्न सकिन्छ । जोकोहीले भिडिओ अपलोड गर्न सक्छन् । गुगल एलएलसीले यो एप २० अक्टोबर २०१० मा प्ले स्टोरमा सार्वजनिक गरेको थियो । अधिकांश एन्ड्रोइड डिभाइसमा युट्युब पहिले नै प्रि-इन्स्टल हुन्छ ।

८) जिमेल
gmail
धेरै प्रयोगकर्तासित गुगल अकाउन्टसँग रजिस्टर भएको प्राइभेट जिमेल अकाउन्ट पक्कै छ । तर जिमेल अकाउन्ट केवल गुगलका सेवा प्रयोग गर्नका लागि मात्र प्रयोग हुँदैन । यो ईमेल पठाउनका लागि सबैभन्दा उपयुक्त एपहरूमध्ये एक हो । विशेषतः यसको स्पाम फिल्टरिङ सेटअपको फिचरले जिमेल लोकप्रिय बनाएको छ । स्टोरेजको हिसाबले पनि जिमेल अन्य ईमेल प्रदायकभन्दा उपयुक्त छ । किनकि यसले १५ जीबीसम्मको स्टोरेज सेवा उपलब्ध गराउँछ। यद्यपि यो स्टोरेज गुगलका अन्य प्लेटफर्महरूसँग पनि साझा हुन्छ । गुगल एलएलसीले २१ सेप्टेम्बर २०१० मा यो एप प्ले स्टोरमा सार्वजनिक गरेको थियो ।

७) गुगल फोटो
goog-ph

प्ले स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एपहरूको सूचीमा गुगल फोटोज पर्नु कुनै अचम्मको कुरा होइन । गुगल फोटोज फोटो/भिडिओको ग्यालरी मात्र नभइ फोटो एडिटिङको लागि पनि प्रयोग गर्न सकिन्छ । तपाईंले एआईको सहायताले विभिन्न किसिमका फोटोहरू सजिलै फेला पार्न सक्नुहुन्छ । गुगल एलएलसीले २८ मे २०१५ मा यो एप प्ले स्टोरमा सार्वजनिक गरेको हो ।

६) एन्ड्रोइड स्विच
switch-to-and
नयाँ एन्ड्रोइड फोन किनेपछि पुरानो फोनको डेटा नयाँ फोनमा सार्नुपर्ने हुन्छ । त्यसका लागि एन्ड्रोइड स्विच सबैभन्दा उत्तम तरिका मध्ये एक हो । यो अधिकांश एन्ड्रोइड फोनमा पहिले नै इन्स्टल हुन्छ । सामसङ स्मार्ट स्विच एप पनि एन्ड्रोइड स्विच जस्तै छ । एन्ड्रोइड स्विच यस्तो एप हो, जसले बिना कुनै केबल एउटा फोनको डेटा अर्को फोनमा सार्न मद्दत गर्छ । गुगल एलएलसीले २१ जुलाइ २०२१ मा यो एप प्ले स्टोरमा सार्वजनिक गरेको हो । 

५) गुगल ड्राइभ

गुगल ड्राइभ धेरै डिभाइसमा एक महत्त्वपूर्ण ब्याकअप र फाइल ट्रान्सफर गर्ने उपयुक्त माध्यम हो । यसलाई प्रयोग गर्नका लागि पहिले गुगल अकाउन्ट सिङ्क गर्नुपर्ने हुन्छ । यदि तपाईं क्रोमबुकबाट काम गर्दै हुनुहुन्छ भने गुगल ड्राइभ एकदमै आवश्यक हुन्छ । म्याक र विन्डोजमा पनि गुगल ड्राइभको भूमिका महत्त्वपूर्ण छ । साथै, गुगल ड्राइभ मार्फत फाइल शेयर गर्दा साथीहरू बीच गुगल डक्स र गुगल शिट्स पठाउन सजिलो हुन्छ । गुगल एलएलसीले २७ अप्रिल २०२१ मा यो एप प्ले स्टोरमा सार्वजनिक गरेको थियो ।

४) फेसबुक
facebook
सोसल मिडिया एपमा विश्वभरका सबै प्रयोगकर्तामा पुग्ने क्षमता हुन्छ । तर, सबैभन्दा पहिले सबैभन्दा बढी प्रयोगकर्तासम्म कुन सोसल मिडिया एप पुग्छ भन्ने प्रतिस्पर्धा हुन्छ । सुरुवातदेखि अहिलेसम्म फेसबुक शीर्ष स्थानमा छ । सन् २००० को सुरुदेखि मध्यसम्म प्लेटफर्मको बढ्दो लोकप्रियताका कारण एपले २०१० (एन्ड्रोइड) मा रिलिज भएदेखि लगातार वृद्धि हासिल गरेको छ । यसका मासिक सक्रिय प्रयोगकर्ताहरू अरबौं हुन्छन् । स्टाटिकाका अनुसार जुलाई २०२४ सम्म यस प्लेटफर्मका मासिक सक्रिय प्रयोगकर्ता तीन अर्ब थिए । त्यसैले यो एपले १० अर्ब डाउनलोडको आँकडा पार गर्ने सूचीमा पर्नु आश्चर्यको कुरा होइन । मेटा प्लेटफर्म्स इंक (तत्कालीन फेसबुक इंक)ले सेप्टेम्बर २००९ मा प्ले स्टोरमा सार्वजनिक गरेको थियो । 

३) एन्ड्रोइड एक्सेसिबिलिटी सुइट 
andriod-acc
एन्ड्रोइड एक्सेसिबिलिटी सुइट गुगलले निर्माण गरेका एपको समूह हो, जसले टकब्याक, ‘सेलेक्ट टु स्पिक’ फङ्सन र विशेष एक्सेसिबिलिटी मेनुको सेवा दिन्छ । यस मेनुमा स्क्रिनको ब्राइटनेस, भोल्युम, पावर जस्ता फङ्सनका लागि छुट्टै बटन हुन्छन् । यो सिधै सेटिङ्सको एक्सेसिबिलिटी अप्सनभित्र समावेश गरिएको हुन्छ । यदि तपाईँलाई डिफल्ट सेटिङ्गभन्दा फराकिलो पहुँच चाहिन्छ भने एन्ड्रोइड एक्सेसिबिलिटी सुइटको प्रयोग गर्न सक्नुहुन्छ ।

२) गुगल क्रोम

crome
स्मार्टफोन भएका अधिकांश मानिसहरूले वेब ब्राउज गर्न प्रयोग गर्ने एप हो, गुगल क्रोम । एन्ड्रोइडमा यो एप पहिले नै इन्स्टल भएको हुन्छ । गुगल क्रोम अधिकांश एन्ड्रोइड फोनको लागि डिफल्ट वेब ब्राउजर होइन । 

गुगल क्रोमले सामसुङ इन्टरनेट, माइक्रोसफ्ट एज र फायरफक्ससँग मोबाइल वेब ब्राउजरको रूपमा प्रतिस्पर्धा गरिरहेको छ । गुगल क्रोम अन्य ब्राउजरहरू हुँदा पनि शीर्ष विकल्प रहनुले प्रतिस्पर्धामा गुगलको प्रभुत्व देखाउँछ । गुगल एलएलसीले ७ फेब्रुअरी २०१२ मा यो एप प्ले स्टोरमा सार्वजनिक गरेको थियो ।
 
१) जिबोर्ड

g-biard
जिबार्ड एप धेरै एन्ड्रोइड प्रयोगकर्ताको लागि डिफल्ट किबोर्ड एप हो । २०१३ मा एप रिलिज गरेदेखि कम्पनीले यसमा थुप्रै फिचर समावेश गरेको छ । यसमा अफलाइन भ्वाइस टाइपिङ र गुगल ट्रान्सलेट सपोर्टका साथै इमोजी, गिफ, स्टिकर, इमोजी किचन जस्ता विकल्प छन् । यस एपले हालै मात्र १० अर्ब डाउनलोडको आँकडा पार गरेको हो ।

कुनै एप १० अर्ब डाउनलोड क्लबमा सामेल हुनु एउटा ठूलो उपलब्धि हो । इन्स्टाग्राम र गुगल क्यालेन्डर (५ अर्ब डाउनलोड) जस्ता केही अत्यन्त लोकप्रिय एपहरू नजिकै पुगिरहेका छन्, तर अहिलेसम्म पुगेका छैनन् । अस्तित्वको लागि संघर्ष गरिरहेका अन्य (तर मानिसहरूले अझै पनि माया गर्ने) एप जस्तै टिकटक एक अर्बभन्दा बढी पटक डाउनलोड हुने एपमा पर्छ ।

डाटा साेसर्रः androidpolice

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।