ताजा अपडेट »

आज ६ वटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

मंगलबार, ०५ चैत्र २०८१, ०७ : ५६
30 Shares
मंगलबार, ०५ चैत्र २०८१
30 Shares

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक लेखा समिति, अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

सबै समितिका बैठक बिहान ११ देखि २ बजेको बीचमा सिंहदरबारमा बस्ने छन् । सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक लेखा समितिको २३औँ प्रतिवेदनको प्रारम्भिक मस्यौदा उपर छलफल तथा उजुरी अध्ययन गर्ने कार्यसूची रहेको छ । अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।