ताजा अपडेट »

रात्रीकालीन बजार सञ्चालनको माग गर्दै बुटवलसहित चार पालिकाले बुझाए सिडिओलाई ज्ञापनपत्र

सोमबार, ०४ चैत्र २०८१, २० : ३९
186 Shares
सोमबार, ०४ चैत्र २०८१
186 Shares

बुटवल । रूपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग गर्दै बुटवल उपमहानगरपालिकासहित चार स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउनेमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिका रहेका छन् ।

जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईसहित बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, सिद्वार्थनगर नगरपालिकाका प्रमुख इस्तिहाद अहम खाँ र सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र शर्माको टोलीले आज दिउँसो रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो ।

बुटवलको कालिका पथमा रात्रीकालीन बजार सञ्चालन गर्ने बिषयमा सरोकारवालाहरूबीच पटकपटक छलफल भइ सहमति भए पनि अझैसम्म कार्यान्वयन हुनसकेको छैन ।

सरोकारवावाहरूसँग पटकपटक छलफलपछि बुटवल उपमहानगरपालिकाले बुटवलको कालिकापथमा रात्रीकालीन तथा ट्राफिक चोक र अमरपथमा राति ११ बजेसम्म बजार सञ्चालन गर्ने योजना अगाडि सारेको नगर प्रमुख पाण्डेयले जानकारी दिए ।
रात्रीकालीन बजार सञ्चालन गर्ने उदेश्यले प्रस्तावित क्षेत्रमा हाइमास्ड लाइट,सिसिटिभि क्यामेरा जडानलगायतका पुर्वाधार तयार भइरहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।