वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै कार्यालयको सेवा प्रवाहको समय थप गरेको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राख्दै यही चैत ५ गतेदेखि बिहान ७ः३० बजेदेखि बेलुका ७ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम हुने जानकारी दिए ।
कार्यालयले उक्त सेवा बिदाको दिनबाहेक कार्यालय खुल्ने दिनमा पनि प्रदान गर्ने जनाएको छ । यस अघि यो सेवा बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
प्रतिक्रिया