ताजा अपडेट »

बुटवलमा टाटाका ३ वटा नयाँ ईभी सार्वजनिक

आइतबार, ०३ चैत्र २०८१, २३ : ०३
42 Shares
आइतबार, ०३ चैत्र २०८१
42 Shares

बुटवल । प्रशिद्ध भारतीय सवारी उत्पादक कम्पनी टाटा माेटर्सले पछिल्लाे समय हलुका सवारीहरूकाे उत्पादनमा आक्रामक देखिएकाे छ । खास गरी पछिल्लाे समयमा चारपाग्रे इभी सवारी उत्पादनमा तथा साेकाे बजार विस्तारमा आफुलाइ  निकै ससक्त रूपमा अगाडी ल्याएकाे टाटा मोटर्स कम्पनीको ३ नया मोडलका ईभी चार पाग्रे सवारी बुटवलमा आज लन्च गरिएको छ ।

नेपालका लागि टाटा माेटर्सकाे आधिकारिक विक्रेता सिप्रदी र बुटवल क्षेत्रको अाधिकारीक डिलर सफल अटो ईन्टरनेश्नल प्रालिले आईतबार कालिकानगरस्थित शोरुममा टाटाका कर्भ ईभिसहित टियगो ईभी,र नेक्सन के थ्रि ईभी गाडीहरू लन्च गरेको हो ।

एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्ति प्रसाद अधिकारीले नया मोडलका कारहरु सार्वजनिक गर्दै टाटा कम्पनी विश्व बजारमा पुरानो र कहलीएकाे ब्रान्ड भएकाे बताउदै टाटा माेटर्सले समय अनुसार उपभोक्ताको माग र चाहनालाई मध्येनजर गरि ल्याएका इभी कार नेपाली बजार उपयोगी भएको समेत बताए । उनले बुटवल सवारीको हबका रुपमा रहेको बताउदै यस यस क्षेत्रमा टाटा कम्पनीको सवारी खपत धेरै नै रहेको र उपभोक्ताको मागलाई पुरा गरिरहेको उनले बताए ।

कार्यक्रममा सिप्रदीका जिएम सावन्तजंग सिजापतिले रुपन्देही बजारमा टाटाको सवारीको खपतमा पहिलो नम्बरमा रहेको भन्दै यही हिसाबबाट पनि रुपन्देही बजारलाई विशेष प्राथमिकतामा राख्दै आएको दाबी गरे । सवारी बिक्रिपछिको सेवामा आफुहरु विशेष चासो दिएर आधुनिक र उपयोगी नया सुविधासम्पन्न वर्कसप सुभारम्भ गरि सेवा दिने तयारीमा रहेको उनले बताए । बुटवल शोरुममा आईतबार र सोमबार दुई दिनसम्म कार बुकिङ गर्ने उपभोक्तालाई एक वर्षलाई ईन्सुरेन्स कम्पनीबाट ब्यहोर्ने र चार्जिङ समेत आजिवन निशुल्क हुने उनले घोषणा गरे ।

कार्यक्रममा नेपालका लागि टाटाका कन्ट्रि म्यानेजर श्री प्रसन्न रंगनाथनले अटो मोबाईल क्षेत्रमा टाटाको उत्पादन नेपाली बजारमा राम्रो खपत रहेको बताए । टाटाको ग्राहकबाट प्राप्त हुने प्रतिक्रिया आफुहरुलाई सबैभन्दा धेरै उपयोगी हुने भन्दै यसको आधारमा नया र मोडिफाई सवारीहरु बजारमा ल्याउदै गरेको उनले बताए ।

कार्यक्रममा सिप्रदी सेल्स चिफ म्यानेजर निर्मल खत्रीले तीन वटै नया कारका विशेषताहरुबारे प्रकाश पारेका थिए । उनले कर्भ ईभी बजारमा सर्वाधिक रुचाईएको सवारी भएकाे दाबी गरे । एडभान्स डिजाईनमा रहेको लक्जरियस र प्रिमियम वुफे डिजाईनमा  पहिलो भएको उनले बताए। १८ ईन्चको टायर, १३ ईन्चको टच स्क्रिन, जेभिएलको ९ स्पिकर जडान, लगेज पर्याप्त राख्न मिल्ने प्रविधियुक्त रहेको छ। २१ वटा ईन्टेलिजेन्स फिचर, ६ वटा एयर ब्याग, ७० वाटको ब्याट्री चार्ज, पाच वटा कलर अप्सन रहेको छ। कारको २६ लाख देखि ५७ लाख रुपैयासम्मको बजार मूल्य रहेको बताइएकाे छ।

यसैगरि अघिल्लो वर्ष लन्च भएको टिआगोको नया स्वरुप, फिचरमा नया मोडेल बजारमा ल्याएको उनले बताए । उपभोक्ताको फिडब्याकको आधारमा नया स्वरुपमा ल्याएको उनले बताए । २०१८ मा पेट्रोल भर्जनमा बजारमा आएको नेक्सन २०२१ मा नेक्सन ईभी गर्दै बजारको माग अनुसार अहिले नया नेक्सन के थ्रि गेम चेन्जरका रुपमा बजारमा ल्याएको उनले दाबी गरे । टाटाको नया डिजिटल डिजाईनका रुप, ग्राउण्ड क्लियरेन्स, सुरक्षा सिस्टम, नया टेक्नोलोजीसहितको साउण्ड सिस्टम, म्याप, सुचना दिने डिस्प्ले,६ वटा कलर अप्सन लगायत रहेको छ ।

कार्यक्रममा सफल अटोका संचालक दिनेश शर्माले सिप्रदीसंगको सहकार्यमा यस क्षेत्रमा चारपाग्रेका सबै खोले सवारी र सेवालाई ध्यान दिने बताए ।कार्यक्रममा सिप्रदी सिनियर म्यानेजर डिलर सेल्स मेघराज ढुगेल, सफल अटोका अध्यक्ष भावध्वज ढुगाना, शोरुम म्यानेजर सन्दिप पोखरेलले सवारीको बारेमा जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।