ताजा अपडेट »

एमाले नेता बस्नेतलाई अश्लील शब्द प्रयोग गरी गाली गर्ने तिलोत्तमाका पौडेलले मागे माफि

आइतबार, ०३ चैत्र २०८१, १४ : ४७
2.42K Shares
आइतबार, ०३ चैत्र २०८१
2.42K Shares

बुटवल । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतलाई सामाजिक संजाल अश्लील शब्द प्रयोग गरी गालि गर्नेले माफि मागेका छन् ।

यही चैत्र १ गते युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेलले टिकटकमा राखेको भिडियोमा टिकटक प्रयोगकर्ता अर्जुन पौडेलले अश्लील शब्द प्रयोग गरी गाली गरेका थिए । अश्लील शब्द प्रयोग गर्ने पौडेल तिलोत्तमा नगरपालिका वडा नम्बर २ का हुन् ।

सोको विरुद्ध युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष सुरजले चैत २ गते इलाका प्रहरी कार्यालय बुटवलमा विद्युतीय अपराधको कसुरमा जाहेरी दर्ता गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलमा छलफलको क्रममा अश्लील शब्द प्रयोग गर्ने पौडेलले आगमी दिनमा यस प्रकारका गल्ती नगर्ने भनी माफि मागे पछि प्रहरीले मिलापत्र गरिदिएको हो । 

पौडेलले आगमी दिनमा त्यसप्रकारका गल्ती नगर्ने प्रतिबद्धता समेत जनाएका प्रहरीमा गरेको मिलापत्रमा उल्लेख गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।