ताजा अपडेट »

प्रचण्डको फोटो जलाएको आरोपमा राप्रपाका युवा नेता पक्राउ

आइतबार, ०३ चैत्र २०८१, १३ : १४
72 Shares
आइतबार, ०३ चैत्र २०८१
72 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रचण्डको फोटो जलाएको आरोपमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विश्वराज खड्काले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार चितवन प्रहरीको सहयोगमा मकवानपुर प्रहरीले उनलाई पक्राउ गरेको हो । युवा संगठनका महासचिव बमले शनिबार हेटौंडामा माओवादी अध्यक्ष प्रचण्डको फोटो जलाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।