ताजा अपडेट »

ज्ञानेन्द्र शाही र रघुजी पन्तबीच संसदमा भनाभन, इतिहास पढेर आउन सुझाव

आइतबार, ०३ चैत्र २०८१, १३ : ०३
32 Shares
आइतबार, ०३ चैत्र २०८१
32 Shares

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्त बोल्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आपत्ति जनाएपछि लफडा भएको छ ।

सांसद पन्तले राजसंस्थाको बारेमा बोलिरहेका थिए । उनले राजाहरूले गरेका गल्तीहरूका बारेमा बोल्दा राप्रपा सांसद शाहीले आपत्ति जनाएपछि भनाभन भएको हो । शाहीले नभएका कुरा बोल्न नपाइने भन्दै आपत्ति जनाउन खोजे पनि सभामुख देवराज घिमिरेले बोल्न दिएनन् ।

सांसद शाहीले बोल्न समय मागिरहे । त्यसपछि सभामुख घिमिरेले भने, ‘मैले तपाइलाई बोल्न दिएको छैन, बोल्न दिएका माननीयज्यूलाई बोल्न दिनुहोस् ।’ त्यसैबिचमा सांसद पन्तले आफूसँग बहस गर्न इतिहास पढेर आउन चुनौती दिए । त्यसपछि केहीबेर लफडा भएपछि सभामुख घिमिरेले केही व्याख्या गरे ।घिमिरेले भने, ‘नियमावलीको आधारबाट अभिव्यक्ति दिन्छौँ । त्यसैका आधारमा सत्य तथ्यमा आधारित भएर बोल्नु भएको छ ।

कैयौँ मानिसलाई झुटो र बेठिक लाग्न सक्छ । विधिवत ढंगबाट प्रमाणित र खण्डन गर्नुपर्छ । अनुमति दिने नदिने काम गरिएको छ ।’अन्तिममा पन्तको काटिएको समय सभामुख घिमिरेले थपिदिएका थिए।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।