ताजा अपडेट »

पीएम कपमा आज तीन खेल हुँदै, लुम्बिनीले बागमतीको सामना गर्ने

आइतबार, ०३ चैत्र २०८१, ०७ : २२
58 Shares
आइतबार, ०३ चैत्र २०८१
58 Shares

काठमाडौं । जारी पीएम कपमा आज तीन खेल हुँदै छन् । कोशी प्रदेश र गण्डकी प्रदेशबीच हुँदै एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा बिहान ९ बजेदेखि खेल शुरु हुनेछ । जारी प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ भने गण्डकी प्रदेशले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ । 

त्यस्तै आज अर्को खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने कर्णाली प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच देउखुरी क्रिकेट स्टेडियममा बिहान ९ बजेदेखि खेल शुरु हुँदै छ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने बागमती प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।