बुटवल । रुपन्देहीको केन्द्र भागमा अवस्थित न्यु लाइट कलेजमा स्नातक तहका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीलाई विदाइ तथा स्वागत कार्यक्रम होटल पौवा जोगिकुटीमा सम्पन्न भएको छ।
देशका विभित्र भागबाट न्यु लाइट कलेजलाई आफ्नो शैक्षिक गन्तव्य बनाउनु भएका स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई स्वागत र स्नातक चौथो वर्षका विद्यार्थीलाई विदाइ गरिएको हो । स्नातक दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा भएको सो कार्यक्रममा विद्यार्थीलाई मायाको चिनो , टीका अबिरसहित स्वागत तथा विदाइ गरिएको हो ।
स्नातक तेस्रो वर्षकी छात्रा अस्मिता माझीको अध्यक्षता कलेजका अध्यक्ष धर्मराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि क्याम्पस प्रमुख रमेश ज्ञवाली रहनु भएको थियो। स्नातक प्रथम वर्षकी छात्रा सुधा खरेल र तेस्रो वर्षकी छात्रा मिनाक्षी भण्डारीले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा तेस्रो वर्षका विद्यार्थी कृष्ण तिवारीले स्वागत मन्तव्य राखेका थिए ।
विद्यार्थीहरुले विभिन्न जातीय पोशाक सहित विविध साँस्कृतिक प्रस्तुति राखेको कार्यक्रममा कलेजका अतिरिक्त कृयाकलाप प्रमुख खेमराज खनाल , शैक्षिक संयोजक राजेन्द्र कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यार्थी दिक्षित ज्ञवाली र लक्ष्मी पौडेलले आफूले कलेज रोज्नुका कारण र आफ्ना कलेजका अनुभव सुनाएका थिए ।कार्यक्रममा बोल्दै कलेज प्रमुख रमेश ज्ञवालीले न्यु लाइट कलेज मोफसलको एकमात्रै निजी क्षेत्रमा सञ्चालन भएको बहुमुखी कलेज भएकाले यसले जे बोल्छ त्यही मात्रै गर्नै भएकाले विद्यार्थीको शैक्षिक भविष्यको ग्यारेन्टी गर्ने बताए । विद्यार्थी मैत्री वातावरण , मध्यम वर्ग लक्षित शुल्क , छात्रवृत्ति , गुणस्तरीय शिक्षा र एउटै छानामुनि नर्सरीदेखि स्नातकसम्मको शिक्षा यसका प्रमुख विशेषता रहेको बताए।
विद्यालय र कलेज गरि करिव २५०० बढी विद्यार्थीहरुको शैक्षिक रोजाइ रहेको न्यु लाइट कलेज यस क्षेत्रको माउ र प्रतिस्ठित कलेज रहेको र यसले गर्ने शैक्षिक कृयाकलाप यस क्षेत्रमै अनुकरणीय हुने कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरले बताए।
प्रतिक्रिया