ताजा अपडेट »

विश्वविद्यालय तह प्रवेश गर्न लागेका विद्यार्थीलाई अक्सफोर्डमा बिदाइ

शनिबार, ०२ चैत्र २०८१, १९ : ३२
156 Shares
शनिबार, ०२ चैत्र २०८१
156 Shares


बुटवल । अक्सफोर्ड  माध्यमिक विद्यालय बुटवलले विद्यालय तह पूरा गरी विश्वविद्यालय तह प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।  कक्षा ११ का विद्यार्थीद्वारा आयोजित कार्यक्रममा कक्षा १२ को परीक्षामा सामेल हुने विद्यार्थीलाई बिदाइ गरिएको हो ।
  बिहानी तथा दिवा सत्र गरी २ चरणमा सञ्चालन भएको कार्यक्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थी सन्देश भण्डारी र युजिना बुढाथोकीको  अध्यक्षता विद्यालयका विद्यालय ब्यबस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

   कार्यक्रममा बोल्दै  प्रमुख अतिथि भण्डारीले  शिक्षा क्षेत्रमा नीजि क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउदै  शिक्षा व्यवहारमा लागू गर्ने प्रकृतिको हुनुपर्ने भन्दै कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उत्कृष्ट नतिजाको लागि शुभकामना दिदै विद्यार्थीहरुले देशको लागि योगदान दिने प्रकृतिको काम गर्नको लागि समेत आग्रह गरेका थिए ।
 

देशमा संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै उनले  सोही अनुसार राष्ट्र  र राष्ट्रियतामा लक्षित योजना निर्माण गरी सोही अनुसारको कार्य प्रगति गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगत केही बर्षदेखि अक्सफोर्ड मा।वि ले राष्ट्रिय स्तरमा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको चर्चा गरे । उनले यसको गरिमालाई जोगाउन आफुहरू निरन्तर लागेको बताउदै कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीले समेत यो गरिमा जोगाउन कटिबद्ध रहन आग्रह गरे ।  
 प्राध्यापक सुमन भुसालले प्राध्यापक,विद्यार्थी तथा अभिभावकको मिहिनेतको कारण छोटो समयमै सफलता मिलेको उल्लेख गर्दै परीक्षा दिन तयार विद्यार्थीलाई उत्कृष्टताको शुभकामना दिए।
कार्यक्रममा अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल ,प्राध्यापक सुमन भुसाल ,क्याम्पस प्रमुख मनोज मरासिनी ,क्याम्पस अध्यक्ष अजित खनाल,प्राध्यापक  दिवाकर रेग्मी,थानेश्वर भण्डारी ,गोविन्द गौतम,सन्जय मरासिनी ,माया घिमिरे ,बाल कृष्ण पोखरेल ,नारायण सापकोटा लगायतको आतिथ्यतामा रहेको थियोे ।
कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ को परीक्षाको तयारी गरेका विद्यार्थीलाई मायाको चिनो प्रदान तथा खादा लगाइदिएर शुभकामना प्रदान गरेका थिए।

कक्षा ११ र १२ का विद्यार्थी सहभागी कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूले आ(आफ्ना नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरू रूवी अर्याल,प्रतिक भण्डारी,सुधा चौधरी र अञ्जली खरेले मन्तव्य राखेका थिए।कार्यक्रमको सञ्चालन विज्ञान हमाल ,सोनिया बराल,एलिना महत,निकिता चौहानले संयुक्त रूपमा गरेका थिए।कार्यक्रमको संयोजन प्राध्यापक झविन्द् मरासिनी र कपिल ढकालले गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।