टेक्सस । टेक्सास राज्यको डलास सह मा पाँच दिने चुदाकर्म (प्रबज्या सम्बर) कार्यक्रम सोमबार सम्पन्न भएको छ । बज्रयान बिधि अनुसार नेपलिज बुद्धिस्ट एसोसिएसन, टेक्सास तथा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले संयुक्त रूपमा गुरु बज्राचार्य संघसंग मिलेर आयोजना गरेका थिए ।
नेपालमा परम्परागत रूपमा बज्राचार्य र शाक्य परिवारका छाेराहरुलाई बुद्ध धर्मको व्यवहारिक ज्ञान दिने प्रक्रिया लाई नै चुदाकर्म भनिन्छ । अमेरिकामा बसेका थुप्रै बज्राचार्य र शाक्य परिवारको अनुरोध र गुरु बज्राचार्य संघको पहलमामा नेपलिज बुद्धिस्ट एसोसिएसन, टेक्सासले यूलेस स्थित पशुपतिनाथ तथा बुद्ध विहारमा यस कार्यक्रमको योजना गरीएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपलिज बुद्धिस्ट एसोसिएसन, टेक्सास का अध्यक्ष शैलेन्द्र मानन्धरले नेपाल बाहिर पहिलो पटक यसरी सामूहिक रूपमा प्रबज्या को कार्यक्रम भएको जानकारी दिए ।
त्यस्तै एसोसिएसनका उपाध्यक्ष डा.नीरज बज्राचार्यले कार्यक्रम सबै सहयोगले सफल भएको बताए । कार्यक्रम मा पाँच जना केटाहरूकाे प्रबज्या गुरु बज्राचार्य संघका पाँच गुरुहरू उत्तम बज्राचार्य , समन्त बज्राचार्य, सुनिल बज्राचार्य, प्रज्वोल बज्राचार्य र यज्ञ मान शाक्य द्वारा सम्पन्न गरीएको हो ।
प्रतिक्रिया