ताजा अपडेट »

नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तीव्र

शुक्रबार, ०१ चैत्र २०८१, ०९ : १६
40 Shares
शुक्रबार, ०१ चैत्र २०८१
40 Shares

बुटवल  । नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तिव्र पारिएको छ ।

चैत ९ र १० गते तय भएको जिल्ला अधिवेशनका लागि  जिल्ला अधिवेशन मुल आयोजक कमिटीको सचिवालय बैठक बसि आवश्यक तयारी गरेको हो ।

बैठकले जिल्ला कमिटी ५१ सदस्यीय बनाउन अधिवेशनमा  प्रस्ताव लगिने, अधिवेशनका अन्य आवश्यक तयारी गर्ने निर्णय गरेको छ । साथै अधिवेशनबारे चैत ७ गते पत्रकार सम्मेलन गर्ने निर्णय कार्यवाहक अध्यक्ष श्रीराम यादवले बताए ।

पार्टीका पोलिटब्यूरो सदस्य नन्दलाल बञ्जाडेको प्रमुख आतिथ्यतामा बसेको बैठकमा  केन्द्रीय सदस्य भवगती घिमिरे र बाबुलाल यादवको सहभागिता रहेको उपसचिव टंक पोखरेलले जानकारी दिए ।

बैठकमा पाँचवटा उपसमितिका संयोजकहरूले प्रगति विवरण पेश गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।