नेपालमा गणतन्त्र स्थापना हुँदा शाही नेपाली शेनाले हारेको र माओवादी जनमुक्ति शेनाले जितेको अवस्था होइन । गणतन्त्र स्थाना भएपछि आम नागरिकलाई देखाइएका सपनाहरु चकनाचुर भए । व्यवस्थालाई आम नागरिक र देशको हितमा प्रयोग गर्न सकेनन् या त नेताहहरु राजा फालेर आफै राजा हुन खोजिरहे जुन देशको आवश्यक्ता र नागरिकको चाहाना दुवै होइन ।
संविधान बन्दा आम नागरिक सँग मागिएका बोराका बोरा सुझाबहरु किन रद्दिको टोकरीमा फालियो? म निरपेक्ष रुपमा गणतन्त्रको समर्थक र राजाको शासन चाहने मान्छे होइन । तर व्यवस्थालई नाम दिएपछि नाम झल्कने कुनै न कुनै लक्षण हुनु पर्दैन र ? युएस एडबाट देशको कृषि प्रणालीमा आएको रकम विनोद चौधरीको राइस मिलका लागि अनुदान दिने , काठमाडौँको नेवार समुदायका लागि आरक्षित गरिएको सिट शंकर पोख्रेलको श्रीमतीलाई , थारुको आरक्षण विनोद चौधरीलाई पिछडिएका महीलालाई दिनुपर्ने कुरा देउवा र खाँणका श्रीमतीहरुलाई यस्तो पनि हुन्छ ?
यस्ताप्रकार जघन्य राजनीतिक अपराधहरुबारे समबन्धित पार्टीमा कहिल्यै कुरा उठेन । शत्ताको बाँडफाँड मिल्दा एमाले कांग्रेस, माओवादी, मधेशवादी मात्र होइन वैकल्पिक शक्ति भनिएको रास्वपा र राजा ल्याउँन कस्सिएको दल राप्रपा पनि मिलेकै हो । राजेन्द्र लिङ्देन सत्ताको बिलो थापेर उपप्रधानमन्त्री भएकै हो । देशलाई दिशा निर्देशन गर्न र संकटमा पुगिसकेको आर्थिक अवस्थामा सुधार ल्याउँन एउटा न एउटा अगाडि सर्नै पर्छ सबैको विश्वास पात्र त्यो को होला ?
बजारमा राजा ल्याउँने चर्चा छ । कसरी कस्तो राजा आउँने हो ? महेन्द्र कालिन राजा हो कि , ०५९ सालको जस्तै टेलिफोन , पत्रकारिता , इन्टरनेट बन्द गर्ने खालक हो या बेलायतको जस्तो राजा हो प्रष्ट छैन तर दशकौं देखि देश लुटेर टाट पारेकाहरुको मुटुमा शुल बनेर छिरिदिएकोमा धन्यवाद दिनै पर्छ किनकि नेपालको दलिय लुटतन्त्रले कसैलाई टेर्दै टेरेन । बितेको ३५ वर्ष राजनैतिक दलहरुको मनपरितन्त्रलअति भैसक्यो । प्रतिपक्ष बोल्ला छैन ।
नयाँ आएका दलहरु बोल्लान् छैन । दलतन्त्रमा एउटा अनौठ माहामारी भित्रियो संसदमा ४ सिट भयोकि शत्ताको बिलो लिइहाल्नु पर्ने यस्तो पनि लोकतन्त्र हुन्छ ? ईतिहासमा भक्ति थापा , बलभद्र कुँवरहरुको वीर गाथा पढेको ईतिहासमै समित रहेछ । सबै भोकै भोकाहरु मात्र भएको देश पो रहेछ य त होइन भने नीति सिद्धान्त घोषणा पत्र एकातिर मिल्काएर भान्सा छिरिहाल्नु पर्ने ।
राजा आउने बाटो
भारतलाई अंग्रेजहरुको दासताबाट मुक्त गर्न मात्र होइन भारतको सिमा रक्षा गर्न नेपालीहरुले रगत पसिना बगाएको कुरा स्वयं भारतीय प्रधामन्त्री मोदीले सगौरव स्वीकार गर्दछन् । चुनावी भाषणका लागि मात्र होइन धर्म , संस्कृति , खानपान र मेदेशी राजनीतिमा चर्चित शब्द रोटीबेटीको स्तबध जस्ता हरेक कुराले नेपालको जनजीवनमा भारत महत्वपूर्ण हिस्सा हो । घाम जत्तिकै छर्लङ्ग भैसक्यो भारतको तत्कालिन कांग्रेस आईको सरकार र भारतीय खुफिया एजेन्सीले माओवादीहरुको सशस्त्र विद्रोहको बीउ मात्र रोपेनन् हुर्काए बढाए र चुनाबै नलडिकन ८३ जनालाई जंगलबाट दौरा सुरुवाल लगाएर नेपालको राजनीतिमा स्थापित गरे ।
नेपाली नागरिकको चाहाना र सुझाब विपरित धर्मनिरपेक्षता , गणतन्त्र र संघियता नेपालमा लादिएको थियो । राजाले नै पुनस्थापना गरेको संसदले राजा , दल र माओवादीहरु बिच भएको समझदारीको उलङ्घन गरेर गणतन्त्र घोषणा भएको थियो । संसदले गणतन्त्र घोषणा गरेपछि जनातको नासो भन्दै राजाले पत्रकार सम्मेलन गरेर श्रीपेच बुझाएर गद्दी त्याग गरेका थिए । आज राजा जनताको नाशो फिर्ता माग्दै छन् । गणतन्त्र स्थापना भएको यतिका बर्ष सम्म संबिधानको पालना गर्नेहरुमा राजा सबैभन्दा अब्बल देखिए । देश लुटेर शम्पत्ती थुप्राएका हुन्थे या कुनै प्रकारको हत्या , हिंसा दमन र प्रतिसोध पूर्ण क्रियाकलापमा लागेका भए उनी देश छोडेर भाग्ने अवस्था हुनसक्थ्यो त्यो भएन । जुन दिनदेखि उनी राजाबाट आम नागरिक सरह भए त्यो देखिनै उनको लोकप्रियताको ग्राफ माथि चढिरह्यो ।
आज गणतन्त्रका नेताशरु कडा सुरक्षा बिना मिटस हिंड्न सक्दैनन् त्यहिँ गद्दी त्यागेका शक्तिहिन राजा निस्फिक्रि देश दौडाहामा छन् । यस्तो किन भयो?
गणतन्त्र भनेपनि आम नेपाली नागरिकलाई सिहंदरबारको ढोका बन्द छ । शिक्षा , स्वास्थ्य , रोजगारी तथा आवाशको ग्यारेण्टी संविधानको कागजमा लेखेर गणतान्त्रिक नेतृत्व सत्ता अनि चुनावदेखि चुनावसम्मको राजनीतिमा मस्त छ । दलका नेताहरुको लोकप्रियता मुर्दावाद तिर जानु अनि राजा जिन्दावाद तिर जानुले कतै न कतै मुलुकले राजाको भूमिका खोजेको आभास हुन्छ । जुन तरिकाले गएको थियो राजतन्त्र त्यहीँ नै तरिकाले फर्कियो भने र फर्केका राजाले राजनीति नगरि निस्पक्ष एम्पाएर भएर बसुन भन्ने नेपाली चाहाँना मुखरित भएको छ ।
असफलता माओवादी र प्रचण्डको मात्र
एमाले, कांग्रेस लगायतका दलहरुलाई गणतन्त्र चाहिएकै थिएन । सत्ता प्राप्ति र विदेशीहरुको छन्द बुझेर उनीहरु गणतन्त्रवादी भैदिएका मात्र थिए । बहुदलीय व्यवस्थामा आएको गैरराजनीतिक चरित्र र सत्ता लिप्साबाट माथि उठेर प्रचण्ड र उनले नेतृत्व गरेको पार्टीले केही गर्छ कि भन्ने आस गरेकाहरु निराश भए । भरातमा बसेर युरोपियन क्रिस्चियनहरुको पैसाले जनयुद्ध लड्न जति सजिलो थियो शान्तिपूर्ण राजनीतिमा चुनाव लडेर सत्ता चलाउँन उति अफ्ठयारो । हुँदा हुँदा आफैले घृणा गरेको तिरस्कार गरेको संसदीय भासमा उनी जाकिए ।
आफ्नै टाउकोको मूल्य तोक्नेहरुसँग शत्ताको निमित्त झुक्नु पर्यो । एउटा बलियो शिंहको जस्तो व्यक्तित्व भएको प्रचण्डको स्वरुव परिवार आसेपासे र सत्तालिप्साका कारण कमजोर र भिजेको बिरालोको जस्तो भयो । यसैकारणले आज गणतन्त्र धरापमा परेको छ । प्रचण्डलाई युद्धमा काँधहालेका बाबुराम उनैलाई जनयुद्धकालमा नै सुन लुकाएको आरोप लाउँछन् अनि सत्तामा हुँदा बुढीगण्डकीको कमिसन खाएको अर्कोतिर विप्लव, मोहन वैद्य आफ्नै पाराले हिंडेका छन् । टोपबहादुर जस्ता सहयोद्धाहरु जेलको हावा खाँदै छन् भने लेखनाथ भट्ट तथा बादलहरु ओलीका ढोके भैहाले । यस्तो अवस्थामा सम्पूर्ण दोष सकार्ने बाहेक गणतन्त्रलाई संरक्षण गर्न सक्ने हिम्मत हाहस र नैतिबल प्रचण्डसँग छैन ।
दण्डहिनातको अन्त्यका लागि एउटा शान्तिपूर्ण जनविद्रोह आवश्यक
देशमा दण्डहिनताले सीमा नाघि सक्यो । अफताब आलमले इटाभट्टीमा मान्छेलाई ज्युँदै जलाएको दण्ड पाउँन लामो समय लाग्यो । भुटानी श्ररणार्थी काण्डमा टोपबहादुर जेलमा छन् त्यहीँनै आरोपमा जेल परेका खाँण बाहिर, सहकारी ठगिमा रवि केही महिना थुनामा बसे तर धनराजगुुरुङ स्वछन्द छन् तर एउटै मुद्दामा छबिराज जोशी जेलमा ।
व्यक्ति पिच्छे न्याय व्यवस्था फरक हुनु , राजनीति नेत्रृत्व मन्त्रीपरिषदबाट निर्णय गरेर गरेका भ्रस्टाचार जन्य कसुरहरु नीतिगत निर्णयको आवरणमा पदमा हुनेको अपराध चोखिनु , सत्ताले संवैधानिक निकायहरुमा खुलियाम हस्तक्षेप हुनु र कानुनको प्रयोग विपक्षहरुलाई तहलाउँन गरिनु जस्ता कुराले एउटा आन्दोलनको आधिबेहरीको माग गरेको छ । आन्दोलनको यहिँ आवश्यकतालाई राजा फर्काउँने आन्दोलनले धेर थोर संकेत गरेको छ । राजनीतिको ईतिहास सबै अगाडि मात्र बढ्छ भन्ने छैन । जुन देशमा बिदेशी खुफिया एजेन्सिहरुले व्यवस्था परिवर्तन गर्न सक्छन् त्यो देशमा राजनीति पछाडि फर्किन पनि सक्छ ।
गणतन्त्र टिकाउन यी कुरा गर्नु पर्छ
१ मेरो हजुरबाको पालादेखि नै राजनीतिमा रहिरहेकाहरुले राजनीतिबाट विश्राम ।
२ सबै नेताले आफ्नो आफ्ना नाता गोता र व्यापारी ठेकेदार, आवश्यकता पर्दा फलाना नेताको व्यापारिक साझेदार फलाना सबैसँग भएको सम्पती सार्वजनिक गर । गर ।
३ भ्रष्टाचार , कालोबजारी , नाफाखोरीजस्ता अवैधानिक बाटोबाट कमाएको धन राष्ट्रियकरण गर्न सक्ने एउटा शक्तिशाली जनलोकपाल गठन गर्न सहमत बन ।
४ संबिधानले तोकेको नागरिकको शिक्षा , स्वास्थ्य , रोजगारी आवासको र भोजन समेतको ग्यारेण्टी गर हाललाई मात्र मन्त्री , साँसद मुख्यमन्त्री र अन्य उच्च पदस्थहरुको आवास बनाउँने कुरा स्थगित गर ।
५ सबै कर्मचारीको जागिर सुरु गर्दा , बाहल रहँदा र अवकाश पछिको सम्पत्ति लेखाजोखा गर्ने जनलोकपाललाई जिम्मा देउ वा स्वेच्छिक स्वघोषणा गर्न लगाउ ।
६ देशको आर्थिक अवस्था न सुध्रेसम्मको लागि सबै बिलासी समानक आयात बन्द गर , दैनिक ज्यालादारी मजदुरदेखि राष्ट्रपती सम्मको संकटकालिन एउटै वेतन कायम गर ।
यसो गरिएन भने लोतन्त्र माथि नागरिकको बिश्वास समाप्त भएर जाने छ । आँधी बेहरी हो कसलाई बढाछ, कस्लाई उखेल्छ या कस्लाई डढेलमा पार्छ के थाहा हुँदैन । सुधारेर व्यवस्था टिकाउँने या देश छोडेर भाग्ने नेतृत्वकै हातमा छ । व्यवस्था नामले होइन नाम अनुसारको कर्म र उपलब्धीले टिक्ने हो रहेछ । नागरिकका अधिकार र सुख सुविधा बाहल गरे नागरिकले आफै जोगाउँछन् गणतन्त्र ।
प्रतिक्रिया