बुटवल । सांस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । विविधतामा एकताको रूपमा रहेको फागू पूर्णीमाको अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बिहीबार संघमा आयोजना गरिएको होली मिलन कार्यक्रमका सहभागीहरूले विविधतामा एकता सहित र सांस्कृतिक सहिष्णुतामा जोड दिएका हुन् ।
कार्यक्रममा बुटवल उपमहानरपलिकाका नगर प्रमुख खेलराज पाण्डेयले फागु पर्वले सबै नेपालीलाई सांस्कृतिक एकताको सूत्रमा बाँध्ने काम गरेको बताउँदै पर्वले आपसी सद्भाव र धार्मिक सहिष्णुता समेत कायम गर्दै आएको बताए । उनले नेपाली समुदायले मनाउने पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक समेत महत्त्व उजागर गर्दै आएको बताउँदै यसको महत्वलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने कुरामा जोड दिए ।
बुटवल महानगरपालिका लामो समय देखि विकास निर्माण सहितका सामाजिक, आर्थिक र धार्मिक क्षेत्रमा समेत धेरै काम गर्दै आएको बताउँदै उनले ‘समानता, स्वाभिमान र अवसर बस्न योग्य बुटवल शहर’ को सपना साकार पार्नको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल उद्योग वाणिज्य संघले संघको स्थापना देखि नै रङ्गहरूको पर्वको रूपमा रहेको फागू पूर्णीमामा कार्यक्रम आयोजना गर्दै आएको स्मरण गर्दै अग्रजहरूको देखेको सपना साकार पार्नको लागि सबैले सहकार्य गर्नुपर्ने बताए।
कार्यक्रममा संघका पुर्वअध्यक्ष अर्जुनमान शैजूले फागु जस्ता पर्वले धार्मिक एकता समेत कायम गर्दै आएको बताए । उनले सामाजिक एकताको पर्वको रूपमा रहेको फाुगू पूर्णिमाले सबैमा सकारात्मक चिन्तन विकास गर्नेमा जोड दिए ।
त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले बुटवलको विकासको लागि सबै जनाले सहकार्य गर्नुपर्नेमा जोड दिए । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, रुपन्देही व्यापार संघका सचिव मनहरी बस्याल, उद्योग व्यापार संघ बुटवलका महासचिव यमलाल मरासिनी, बुटवल उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेको धन्यवाद तथा महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो ।
प्रतिक्रिया