ताजा अपडेट »

खेलकुदमा हामीले संस्कृतिको सरुवात गरेका छौ : टंकलाल घिसिङ

विहीबार, २९ फागुन २०८१, १३ : ५८
16 Shares
विहीबार, २९ फागुन २०८१
16 Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदमा होली पर्वलाई निरन्तरुपमा हर्षोल्लासका साथ मनाउने बताएका छन् । राष्ट्रिय टिम तयारी समितिको आयोजनामा बिहीबार सातदोबाटोस्थित खेलकुद परिसरमा मिसन २०२६ होली कार्यक्रममा बोल्दै उनले खेलकुदमा संस्कृतिको सरुवात गरेको बताएका हुन् । 

उनले भने,‘रङगीन सपना पूरा गर्नको लागि होलीलाई मिसन २०२६ को कार्यक्रमसँग जोडेर हामी होली मनाइरहेका छौ । म सम्पूर्ण खेलाडि, प्रशिक्षक लगायत सम्पूर्ण साथिहरु सबैलाई हार्दिक शुभकामना व्यक्त्त गर्दछु । हामी खेलकुदमा कार्यगत सबै एउटा परिवार हौ । त्यसैले हामीले खेलकुदमा पनि हामी संस्कृतिको सरुवात गरेका छौ । अबदेखी हरेक वर्ष सँगै होली पर्वलाई निरन्तरुपमा सञ्चालन गर्नेछौ ।’ उनले देशको सपना नै आफ्नो सपना भएकोले सपनाहरुलाई पूरा गर्नको निम्ति फागु पूर्णिमा अर्थात होलीले सफलता मिलोस् भन्दै शुभकामना दिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।