ताजा अपडेट »

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : साँस्कृतिक एकता र सद्भावमा जोड

विहीबार, २९ फागुन २०८१, १३ : ३६
46 Shares
विहीबार, २९ फागुन २०८१
46 Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघले विहिबार होली पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । सो अवसरमा शुभकामना व्यक्त गर्दै बुटवल उपमहानरापलिकाका नगर प्रमुख खेलराज पाण्डेयले फागुपर्वले सबै नेपालीलाई साँस्कृतिक एकताको शुत्रमा बाध्ने काम गरेको बताए । 

होली पर्वले आपसी सद्भाव र धार्मिक सहिष्णुता समेत कायम गर्दै आएको बताउँदै नेपाली समुदायले मनाउने पर्वको धार्मिक, साँस्कृतिक र ऐतिहासिक समेत महत्व उजागर  गर्दै आएको उल्लेख गरे । यसको महत्वलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिए । बुटवल उपमहानरपालिकाले लामो समयदेखि विकास निर्माण सहितका सामाजिक, आर्थिक र धार्मिक क्षेत्रमा समेत धेरै काम गर्दै आएको बताउँदै उाले  ‘समानता, स्वाभिमान र अवसर ः बस्नयोग्य बुटवल शहर’को सपना साकार पार्नको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल उद्योग बाणिज्य संघले संघको स्थापनादेखि नै रङ्गहरुको पर्वको रुपमा रहेको फागूपूर्णीमामा कार्यक्रम आयोजना गर्दै आएको स्मरण गरे । अग्रजहरुले देखेको सपना साकार पार्नको लागि सबैले सहकार्य गर्नुपर्ने सो अवसरमा बताए । कार्यक्रममा संघका पूर्वअध्यक्ष अर्जुनमान शैजूले फागु जस्ता पर्वले धार्मिक एकता समेत कायम गर्दै आएको बताए । उनले सामाजिक एकताको पर्वको रुपमा रहेको फागू पूर्णीमाले सबैमा सकारात्मक चिन्तन विकास गर्नेमा जोड दिए । 

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपानेले बुटवलको विकासको लागि सबैजनाले सहकार्य गर्नुपर्नेमा जोड दिए । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, रुपन्देही व्यापार संघका सचिव मनहरी बस्याल, उद्योग व्यापार संघ बुटवलका महासचिव यमलाल मरासिनी, बुटवल उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको धन्यवाद तथा महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।