ताजा अपडेट »

काठमाडौंसहित सात सहर अस्वस्थकर

विहीबार, २९ फागुन २०८१, ११ : ४४
30 Shares
विहीबार, २९ फागुन २०८१
30 Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका सात सहर बिहीबार (आज) अस्वस्थकर बनेका छन् । वायु प्रदूषणको तह बढेसँगै सात सहर अस्वस्थकरको सूचीमा परेका हुन् ।

वातावरण विभागका अनुसार ललितपुरस्थित खुमलटार बिहीबार बिहान सर्वाधिक प्रदूषित बनेको छ । बिहीबार बिहान ११ बजे खुमलटारको वायुको गुणस्तर मापदण्ड ९एक्यूआई० १७२ रहेको वातावरण विभागको तथ्यांक छ ।

सोही समयमा देशका सात सहर अस्वस्थकर छन् । काठमाडौंको शंखपार्कको  एक्यूआई १७० र रत्नपार्कको १६३ पुगेको छ । ललितपुरको भैँसेपाटी र भक्तपुर सल्लाघारीको एक्यूआई क्रमशः १६६ र १६४ छ । 

उपत्यकाबाहिर धनकुटाको १५२ र चितवनको भरतपुरको एक्यूआई १५१ पुगेको छ । यीबाहेक अरू सहरमा एक्यूआई १५० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा अति अस्वस्थकर र त्योभन्दा माथि भएमा खतरनाक हुने विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०को मापदण्ड छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।