ताजा अपडेट »

रुस–युक्रेन युद्धविरामका लागि अमेरिकी टोली गयो रुस, कसरी गर्नेछ वार्ता ?

विहीबार, २९ फागुन २०८१, ११ : १५
30 Shares
विहीबार, २९ फागुन २०८१
30 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धविरामका लागि वार्ता गर्न अमेरिकी टोली रुस प्रस्थान गरेको बताएका छन् । यद्यपि, उनले यो टोलीमा समावेश गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेका छैनन् । 

साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको थियो । युक्रेनले युद्धविराम गर्न सहमति जनाएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका थिए, “बल अब रूसको कोर्टमा छ ।” 

साउदी अरेबियाको जेद्दामा भएको बैठकपछि युक्रेनले अब यस विषयमा रुसलाई मनाउने काम अमेरिकाको हातमा रहेको बताएको थियो । 

यसैबीच, रुसी राष्ट्रपतिको कार्यालयले युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको बताएको छ । ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता हुनसक्ने रुसी राष्ट्रपतिको कार्यालयले बताएको छ । बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।