बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा मीना घर्ती (जीसी) विजयी भएकी छिन्।
अध्यक्षमा बिजयी कांग्रेसकी मीना जीसीले ८१४,निकटतम प्रतिस्पर्धी एमालेका नामबहादुर कुवरले ८०८ र स्वतन्त्रका बामदेव भुसालले ७५८ मत पाउनुभयो । बुटवल वडा न १२ र १३ का गरि कूल ४ हजार ७०६ मतदातामध्ये २ हजार ६०४ मात्रै मतदानमा सहभागि भएका थिए ।
निर्वाचनमा कांग्रेस र राप्रपा,एमाले –माओबादी–जनमोर्चा ,राष्ट्रिय स्वतन्त्र पार्टीका छुट्टछुट्टै प्यानल बनाएर भिडेका थिए ।
पदाधिकारीको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा जीसी ८१४,उपाध्यक्षमा सिर्जना पौडेल ८१२ ,सचिवमा रामप्रसाद भुसाल ८४४ , कोषाध्यक्षमा सुमित्रा खनाल ७९८ ,तथा सहसचिवमा ढुण्डिराज खनाल ८७७ मतसहित निर्वाचित हुनुभएको हो । नयाँ नेतृत्वका लागि फागुन २४ गते मतदान भएको थियो ।
लेखा समितिको संयोजकमा अग्नी प्रसाद पौडेल ७६६ सदस्यमा चन्द्रकान्त आचार्य ५९५ र टिकामाया भण्डारी ६१६ त्यस्तै अनुगमन समितिको संयोजकमा गणेश आचार्य ८९३,नारायण खनाल ७७५ र बाबुराम भुसाल ९३१ मत सहित बिजयी भए ।
२३ जनाको कार्यसमितिका लागि ६९ जनाबिच कडा प्रतिस्प्रर्धा भएको थियो ।
प्रतिक्रिया