ताजा अपडेट »

अर्घाखाँचीदेखि जन्तीसहित बुटवल आउँदै गरेको इभी गाडी दुर्घटना, ९ जना घाइते

बुधबार, २८ फागुन २०८१, १३ : ०१
588 Shares
बुधबार, २८ फागुन २०८१
588 Shares

बुटवल । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ३, अर्चलनेतामा बुधबार विहान विद्युतीय गाडी दुर्घटना हुँदा ९ जना घइते भएका छन् । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अर्घाखाँचीदेखि बुटवलतर्फ जन्ती लिएर आउँदै गरेको इभी गाडी दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार लुम्बिनी प्रदेश ०१–००१ ज ०१४० नम्बरको जिप छत्रदेव गाउँपालिका–३, अर्चलेनेताको कच्ची सडक खण्डमा विहान साढे ८ बजेको समयमा दुर्घटना भएको हो । घाइतेहरुलाई उद्धार गरी थप उपचारका लागि बुटवल ल्याइएको प्रहरीले जनाएको छ । गाडीमा सवार १२ जना मध्ये ४ जनाको अवस्था सामान्य रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।