ताजा अपडेट »

साफ यू-१९ च्याम्पियनसिपमा नेपाल भारत एकै समुहमा

बुधबार, २८ फागुन २०८१, ०७ : ४९
20 Shares
बुधबार, २८ फागुन २०८१
20 Shares

काठमाडौं। साफ यू-१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ ।

मंगलबार काठमाडौंमा सार्बजनिक गरिएको ड्र अनुसार समूह बीमा नेपाल र भारत एकै समूहमा परेका छन्। सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा माल्दिभ्ससँगै भुटान र बंगलादेश रहेका छन् भने समूह बी मा आयोजनक भारतसँगै नेपाल र श्रीलंका परेका छन् । साफ यू–१९ च्याम्पियनसिप फुटबल भारतको अरुणान्नचल प्रदेशमा आगामी मे ९ देखि १८ सम्म आयोजना हुदै छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।