ताजा अपडेट »

पीएम कपमा आज दुई खेल हुँदै

बुधबार, २८ फागुन २०८१, ०७ : ३०
12 Shares
बुधबार, २८ फागुन २०८१
12 Shares

काठमाडौं । जारी पीएम कपमा आज दुई खेल हुदै छन् । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा आर्मीले आफ्नो पहिलो खेल जितेको छ भने सुदूरपश्चिमले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ८ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा कोशी प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।