बुटवल । तिलाेत्मामा रहेकाे लुम्बिनी प्रदेशको पहिलो पाँचतारे हाेटल 'टाइगर प्यालेस वाइ साेल्टी' भैरहवाले होलिका अवसरमा विशेष कार्यक्रम गर्न लागेको जनाएको छ । यस पटकको होलीमा हाेटलले 'कलर्स रिपब्लिक' थिममा फेसन शाे तथा होली पुल पार्टी गर्ने भएको हो । टाइगरले होली उत्सवलाई 'कलर्स रिपब्लिक'का रूपमा ३ दिन विभिन्न कार्यक्रमहरूका साथ मनाउन लागेको छ ।
आज मार्च १२ तारिख (२८ फाल्गुन) साझ कलर्स रिपब्लिकको पहिलो दिन काठमाडाै तथा भारतका खातीप्राप्त मोडलहरूको साथमा 'फेसन शाे' काे आयोजना गरिएको हाेटलका महाप्रबन्धक अग्नीमीत्र शर्माले बताए । उनले मार्च १३ तारिख बिहीबार तथा १४ तारिख शुक्रवार हाेटलले यस क्षेत्रकै सबैभन्दा ठुलो होली उत्सवका रूपमा 'होली पुल पार्टी' आयोजना गरिएको बताए ।
उनले फेसन शाेकाे इभेन्टलाई मात्र ३९९९ रूपैया प्रवेश टिकट तोकिएको र त्यसमा नेपाल तथा भारतका खातीप्राप्त मोडलहरूको र्याम्प वाक, डिजे सहितकाे सांस्कृतिक कार्यक्रमको मज्जासंगै ल्याभिस डिनर तथा अविश्वसनीय छुटमा ड्रिङ्कहरू लिन सकिने बताए ।
त्यस्तै १३ तथा १४ तारीखमा राखिएकाे होली पुल पार्टीमा पनि एक दिनका लागि ३९९९ नेट काे प्रवेश टिकट तोकिएको र त्यसमा समेत अन लिमिटेड रूपमा २० भन्दा बढी अन्तर्राष्ट्रिय परिकारहरूको स्वाद लिँदै होली पार्टीको मज्जा लिन सकिने बताए ।
उनले अन्तर्राष्ट्रिय डिजे हरूको सङ्गीतमा डान्स पार्टीञ, होलीको रँगारँग तथा अहिले सम्मकै ठुलो होली उत्सवमा सहभागिता जनाउन पाइने बताउँदै हाेटलले यी दुई दिन निकै सस्तो तथा अविश्वसनीय दरमा लिक्वेयरहरू पनि उपलब्ध गराउने जानकारी गराए ।
यस होली कार्यक्रमले आन्तरिक बाह्य पर्यटन पर्वद्धनमा सहयोग पुग्ने बताउँदै नियमित रूपमा यस्ता खालका विशेष कार्यक्रमहरू गर्दै जाने तथा यस क्षेत्रको पर्यटन योगदान पुर्याउने लक्ष लिएकाे हाेटलले जनाएको छ ।
अस्ट्रेलियन कम्पनी सिल्भर हेरीटेजले सुरुवात गरेको यस हाेटल गैर आवासीय नेपालीहरूकाे समूहले खरिद गरेसङै हाले मात्र सोल्टी हाेटलले व्यवस्थापनको जिम्मामा लिएकाे छ । सोल्टीले व्यवस्थापन सम्हालेसँगै हाेटलले आफ्ना सेवा तथा सुविधाहरूमा व्यापक परिवर्तन गर्दै विभिन्न खालका इभेन्टहरूको समेत सुरुवात गरेको छ ।
प्रतिक्रिया