ताजा अपडेट »

आज सैनामैना गोल्डक कपको उपाधि भिडन्त, सम्बोधन गर्न प्रचण्ड आउने

बुधबार, २८ फागुन २०८१, ०७ : २१
62 Shares
बुधबार, २८ फागुन २०८१
62 Shares

बुटवल । रुपन्देहीको सैनामैना-४ मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्ड कप-२०८१ को फाइनल प्रतिस्पर्धा आज हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको उपाधिका लागि कपिलवस्तु ११ कपिलवस्तु र अभिषेक चर्च रजहर बीच प्रतिस्पर्धा हुन लागेको हो । 

सैनामैना फुटबल रंगशालामा दिउँसो २ बजेदेखि हुने उपाधि प्रतिस्पर्धामा पूर्व पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सम्बोधनका लागि सहभागी हुने आयोजकले जनाएको छ । यही फागुन २२ गतेदेखि जारी प्रतियोगितामा भारतीय क्लबसहित नेपालका दुई विभागीय, आयोजक तथा विभिन्न क्लब गरी १० समुहको सहभागिता रहेको थियो । नकआउटका आधारमा खेलाइएको खेलमा कपिलवस्तु ११ ले आयोजक मुर्गिया फुटबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने अभिषेक चर्चले काठमाडौंको महावीर क्लबलाई पराजित गरेको थियो । 

सैनामैनामा नगरपालिकाको संरक्षकत्व तथा आर्थि सहयोगमा आयोजना गरिएको प्रतियोगितालाई सुनगाभा पब्लिक स्कुलले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी उपविजेता समुहले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । नकआउटका आधारमा हुने प्रतियोगिताको अन्तिम चारमा पुग्ने अन्य २ समुहलाई समान ४०-४० हजार रुपैयाँ नगद राशी प्रादन गरिने छ ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीलाई समान १५ हजार रुपैयाँ नगद राशीले सम्मान गरिँदै छ । यसैगरी प्रत्येक खेलमा म्याद अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार राशी प्रदान गरिएको थियो । प्रतियोगितामा आयोजक सहित विभागीय टोलीहरु नेपाल पुसिल र एपीएफ, भारतको सिक्किमको डिजोंग्री क्लब, महाविर क्लब काठमाडौं, अभिषेक क्लब रजहर नवलपुर, हनामी बिएफसी चितवन, कपिलवस्तु–११, गोर्खा ब्वाइज रुपन्देही र फर्साटिकर युथ क्लब रुपन्देही सहभागी छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।