ताजा अपडेट »

१० वर्षे द्वन्दको कथा : ‘म मरेको ठानेर घरमा काजक्रिया गरिएछ’

विहीबार, ०८ फागुन २०७६, १९ : ५४
52 Shares
विहीबार, ०८ फागुन २०७६
52 Shares

फागुन ८,

डि.बी. सुस्लिङ / ग्लोबल आवाज

बुटवल । ‘भर्खर १६ सत्र वर्षको थियो मेरो भाई, वि.सं. २०६२ सालमा बेपत्ता भएको अझै पनि अत्तो पत्तो छैन ।’-आँखा टिल्पिलाउँदै अनुसा रोकाले पिडा पोखिन् । सबैका नजर उनिमाथी केन्द्रित थियो । रोल्पाबाट हिजो हिँडेर आज बल्ल यहाँ आईपुगेको छु- उनले पिडा पोख्दै भाईको खोजीका लागि सरकारले वास्ता नगरेको गुनासो व्यक्त गरिन् । बुटवल उपमहानगरपालिकाको सभाहलमा प्रदेश पाँचका १२ जिल्लाका दुई दर्जन बढी द्वन्दपिडितहरुको कथा मिल्दो जुल्दो नै थियो । वि.सं. २०६३ साल काार्तिक २२ गते वृस्तित शान्ति सम्झौता भएपछि क्रमैसँग मुलुकमा नयाँ व्यवस्थाहरु लागु हुँदै देश संघीय प्रणालीमा प्रवेश गरेको छ । तर उनिहरुको पिडा भने १० वर्षसम्मको द्वन्द र मधेश आन्दोलनमा जे थियो त्यँही नै देखिन्छ ।

दाङबाट पिडा पोख्न बुटवल आएकी खिमा आचार्यले आफ्नो श्रीमानसँग विछोडिएको १८ वर्ष पुग्यो । ‘सरकारले लास नभए सास दिए पनि यो मन ले शान्ति पाउथ्यो ।’–यत्तिकैमा गला अवरुद्ध पार्दै टिल्पिलाएका आँखा पुछेर केही समय रोकिए पछि फेरि गुनासो सुनाउन थाल्छिन् खिमा । पेवत्ता परिवारहरुको खोजविन तथा छानविनका लागि बनेको आयोगले आफ्नो इच्छा पुरा गर्नेमा १० प्रतिशत पनि विश्वास नलाग्ने उनले बताईन् । ‘आयोगले यो गर्ने भयो रे, त्यो गर्ने भयो रे, टिभिमा अनुहार देखिन्छ, रेडियोमा सुन्छिन ।’-आयोगप्रति आक्रोस पोख्दै खिमाले श्रीमानलाई खोज्न १८ वर्षदेखि भौतारिएको पिडा सुनाउँदै, सुक्क सुक्क गर्न लाग्छिन् । दश वर्षसम्मको द्वन्द तथा मधेश आन्दोलनका बेलमा हत्या गरिएका, अङ्गभङ्ग गरिएका तथा वेपत्ता पारिएकाहरुको खोजी तथा परिवारलाई न्याय दिलाउनका लागि सरकारले वि.सं. २०७१ साल माघ १७ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गर्यो । आयोग गठन भएको ४ वर्ष बढी समय हुँदा पनि द्वन्द पिडितहरुको गुनासो र रोदन सुन्दा लाग्छ, हामी अझै पनि त्यही द्वन्दकालिन अवस्थामै अल्झिएका छौं । आयोग गठन भएको ४ वर्षपछि सरकारले आयोग समितिमा वि.स. २०७६ माघ ६ गते नयाँ समितिलाई नियुक्ति दियो । नव नियुक्त आयोगका अध्यक्ष युवराज सुवेदीले विहिबार बुटवलमा द्वन्द पिडित परिवारहरुको गुनासो सुन्दै थिए । यसै बीच बाँकेका देव बहादुर डिसीले राज्यतर्फबाट ८ वर्षसम्म आफूलाई दिएको यातना सुनाउँदै आफ्नो दाजुलाई खोजीदिन आग्रह गरे ।

‘वि.सं. २०५२ साल फागुन महिनाको कुरा हो, मलाई राज्यतर्फबाटै परिवारबाट वेपत्ता पारियो, २ वर्षसम्म मेरो परिवारलाई कुनै पनि जानकारी नगराइकन यातना दिएर जेलमा राखियो ।’- आफ्नो अनुभव सुनाउँदै डिसीले भने ‘परिवारमा म मरेको ठानेर घरमा हिन्दु संस्कार अनुसार काज क्रिया पनि भएछ, त्यसपछि परिवार तथा समाजमै अनुहार देखाउन असहज त हुने नै भयो ।’ दुई वर्षपछि परिवारलाई जानकारी गराइए पनि थप ६ वर्षसम्म जेल जिवन विताउनु परेको उनले गुनासो सुनाए । आफु सकुशल भए पनि आफ्नो दाजु भने अझैसम्म वेपत्ता रहेको बताउँदै उनले खोजी गरिदिन आग्रह गरे । ‘महेन्द्र नगरको एउटा होटलमा हामी दुई भाई नास्ता खानका लागि बसेका थियौं । हाम्रो यात्रा रोजगारीका लागि इन्डिया जाने तरखरमा थियो ।’–भोगाई सुनाउँदै रोल्पाका धनबहादुर खड्काले भने ‘मँ त्यहीँ २४ वर्षको थिए, मेरो भाई २० वर्षको थियो ।’ हाम्रो सामुन्ने शिभिल ड्रेसमा एकजना व्यक्ति आयो र मेरो भाईलाई काम छ भनेर लग्यो, पछि उहि व्यक्तिले मलाई भन्यो–‘तपाईको भाई आउँदैन तपाई जानुहोस् ।’ आफ्नो भाई वेत्ता भएको पिडा मात्र होइन आफूले समाजबाट तिस्कृत हुनुपरेको गुनासो सुनाउँदै उनले भाई खोजिदिन आग्रह गरे । द्वन्दकालको मानसिक आतंक उनमा अझै पनि बाँकी रहेको अनुभूती देखिन्थ्यो जब उनले भने ‘नेपालमा फेरी पनि त्यस्तै द्वन्द हुन्छ कि भनेर डर लागि रहन्छ ।’

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अनुसार विभिन्न माध्यमबाट दर्ता हुन आएका ३ हजार १ सय ९७ द्वन्द पिडितहरुका उजूरी रहेका छन् भने सत्य निरुपण तथा मेलमिलाप आयोगमा ४ सय १४ उजुरी पठाइएको छ । सत्य निरुपणमा दर्ता गरिएका उजुरीहरु उजुरीकर्ताको अनुरोधमै १ सय ३७ वटा फिर्ता गरिएको आयोगको तथ्याङ्कमा उल्लेख छ । वृस्तित छानविन गर्ने भनि आयोगले २ हजार ५ सय ६ वटा उजुरलाई निर्णय गरेको छ भने अनुसन्धानका क्रममा २३ जना वेपत्ता फेला परेका छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।