ताजा अपडेट »

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले

मंगलबार, २७ फागुन २०८१, ०७ : ४३
28 Shares
मंगलबार, २७ फागुन २०८१
28 Shares

सरकारले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा डा रघुराज काफ्लेलाई नियुक्त गरेको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

कार्यकारी निर्देशक सिफारिस गर्न गठित समितिले काफ्लेका साथै कमल पन्थी र डा कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो।

विकास अर्थशास्त्री काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यसअघि उनलाई स्वास्थ्य बिमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा शम्भुप्रसाद आचार्यको नेतृत्वमा गठित समितिमा सदस्य बनाएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।