काठमाडौं । आज बिहान कास्कीमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार बिहान ४ बजेर ११ मिनेट जाँदा मादी गाउँपालिकाको साइमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो गोरखा भूकम्पको परकम्प होइन। यसअघि फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। कास्कीसँगै गोरखा, लमजुङ, पर्वत, स्याङ्जासहितका जिल्लामा भूकम्पको धक्का महशुस भएको छ।
प्रतिक्रिया