बुटवल । वालेट सेवा प्रदायक कम्पनी इसेवा लिमिटेड र जिएसएमए मोबाइल फर डेभ्लपमेन्टको सहकार्यमा बुटवलमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न् भएकाे छ ।
बुटवलकाे सिद्धार्थ कटेजमा सम्पनन कार्यक्रम इसेवा एजेन्ट तथा मर्चेन्टहरूका लागि लक्षित गरीएकाे थियाे । कार्यक्रममा इसेवाको तर्फबाट डिजिटल फाइनान्सीयल लिटरेसी, ईन्भेष्टमेन्ट तथा फ्रडबाट कसरी जाेगिने भन्ने बारेमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो ।
जिएसएमएको तर्फबाट अधिकारिक प्रतिनिधिले डिजिटल लिट्रेसी र त्यसमा इसेवा एजेन्ट्स र मर्चेन्टहरूकाे भूमिका कस्तो रहन्छ भन्ने कुराको जानकारी इसेवाक एजेन्टलाई गराएका थिए ।
इसेवाले विभिन्न माध्यम मार्फत लुम्बिनी प्रदेशमा कार्यक्रमहरु संचालन गर्दै आएको र आगामी दिनहरुमा पनि जनता माझ अझ शसक्त रुपमा लैजान बुटवल शाखा सदैब तत्पर रहेको बुटवल शाखा प्रमुख रबिन्द्र पाेख्रेलले बताए ।
प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका इसेवा एजेन्ट र मर्चेन्ट गरी कुल ३० जनाकाे सहभागीता थियाे । इसेवा नेपालकै अग्रणाी वालेट सेवा प्रदाएक कम्पनी हाे ।
प्रतिक्रिया