ताजा अपडेट »

राजावादीको प्रदर्शनबाट डराउनेवाला छैनौं : प्रचण्ड

सोमबार, २६ फागुन २०८१, १९ : ०६
28 Shares
सोमबार, २६ फागुन २०८१
28 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो राजावादीले गरेको वृहत प्रदर्शनले आफूहरु नडगमगाएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा उनले पत्रकारहरुले हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लाएको थियो भन्दै प्रश्न गरेका थिए ।

उत्तरमा उनले भने,‘ हिजोको प्रर्दशनले केही हल्लाको छैन् । डराउनेवाला पनि छैनौं । त्यत्रो लडाइकाबीचमा त्यस्तो गर्दा त डराइएन अब त्यसको के कुरा ।’ उनले जनताको समस्यामा ध्यानकेन्दीत सरकारको अझै हुन नसकेको कारण जनतामा निकै ठूलो निराशाको कारण यस्तो अवस्था आएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखे । साथै उनले सरकार  सेटिङमा आफ्ना मान्छे भर्ती गर्ने र नियुक्ति गर्नेतिर मात्रै केन्द्रीत हुँदा प्रतिक्रियावादी शक्तिहरुले मौका पाएको पनि आरोप लगाए । 

उनले भने,‘यसको जिम्मेवारी सरकारले लिनै पर्छ । सरकार जुन ढंगले बोल्यो जनतामा निराशा र आक्रोस् छ । जनताको समस्यामा ध्यानकेन्दीत सरकारको अझै हुन सकेको छैन । सेटिङमा आफ्ना मान्छे भर्ति गर्ने नियुक्ति गर्नेतिर मात्रै केन्द्रीत भएको हुनाले जनतामा निकै ठूलो निराशा छ । त्यसैले गर्दा प्रतिक्रियावादी शक्तिहरुले मौका पाएको जस्तो देखिन्छ ।’ 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।