ताजा अपडेट »

चार विधेयक राष्ट्रिय सभाबाट प्रमाणित

सोमबार, २६ फागुन २०८१, १९ : ००
48 Shares
सोमबार, २६ फागुन २०८१
48 Shares

काठमाडौं । राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज प्रमाणित गरेका छन् ।

अध्यक्षले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’,  ‘विद्युतीय व्यापार विधेयक, २०८०’,  ‘विधायनसम्बन्धी विधेयक, २०८०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ प्रमाणित गरेका हुन् । 

अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकलाई प्रमाणीकरणका लागि भोलि मङ्गलबार राष्ट्रपति कहाँ पठाइनेछ । संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्दछ ।

राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरिसकेपछि ऐनका रुपमा लागू हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।