भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य लिला गिरीले आफ्ना स्वार्थ पूरा नहुने देखेपछि अस्थिरताका पक्षधरहरु सल्बलाएको जिकिर गरेका छन् । उनले विकास निर्माणका तमाम समस्या समाधान गर्न थालिए आफ्ना स्वार्थ पूरा हुँदैन कि भनेर राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्ति तथा अस्थिरताका पक्षहरु सब्लाएको अवस्था रहेको बताए ।
नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता गिरीले यस्तो बताएका हुन् । ‘हाम्रो मुलुकको समस्या बेरोजगारी, आर्थिक उर्पाजन र प्रगति होइन’ उनले भने, –‘सजिलैसँग पाँचवर्ष र अर्को पाँच वर्षसम्म निरन्तर सरकार चलाउन पायौं भने एउटा गति, दृश्य देखिन्छ । त्यो हुन दिइएको छैन ।’ उनले यो मुलुकको निकास, विकास, समृद्धि र विकसित मुलुक निर्माण गर्ने दृष्टिकोण एमालेमा, एमालेका नेताहरुमा र वर्तमान प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी ओलीमा रहेको दावी गरे । एमाले जति अरु कसैले काम गर्न नसकेको उनको भनाई छ ।
एमाले रुपन्देहीका इञ्चार्ज समेत रहेका गिरीले माओवादीले एमाले भन्दा राम्रो काम के गर्यो भन्दै प्रश्न गरे । उनले बामपन्थी सरकार गिराउन माओवादीले पहल गरेको बताए । ‘माओवादीले विकास निर्माण कामको गति अगाडि बढाउन सकेन’उनले भने–‘नेपाली काँग्रेस एमालेको मुख्य प्रतिष्पर्धी दल भए पनि मुलुकको स्थिरताका लागि काँग्रेस–एमालेबीचको गठबन्धनको सरकार बनेको छ ।’ लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गिरीले अस्थिरताको पक्षधरलाई परास्त गर्नुपर्ने धारणा राखे । यो मुलुकलाई अधोगतिमा पुर्याउने राजतन्त्र हो’उनले भने–‘मुलुकको विकास र प्रगतिका लागि एकढिक्का भएर अगाडि बढ्नुपर्छ ।’
त्यस्तै एमाले पोलिटब्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज खिमलाल भट्टराईले देशलाई पश्चगमनतर्फ लैजान खोज्ने शक्तिबाट देशको विकास हुन नसक्ने जिकिर गरे । उनले नेपाली जनताको जीवनस्तर बदल्न एमालेबाहेक अरु कसैले गर्न नसक्ने र यो नेपाली राजनीतिको यथार्थ भएको उनले बताए । एमालेले नेपाली जनताविरुद्ध एउटा पनि काम नगरेको उनले बताए । ‘विभिन्न काण्डको प्रचार गरेर एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जोड्ने प्रयास गरिएको छ, नेता भट्टराईले भने–‘एमालेलाई कमजार बनाउने षडयन्त्र गरिएको छ ।’
पार्टीका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले एमाले सरकारमा हुँदा धेरै विकासका काम हुँदै आएको दावी गरे । उनले एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार बनेपछि मुलुकमा विकासको कामले गति लिएको बताए। एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले नेपालमा राजतन्त्र नफर्किने दावी गरे । उनले मुलुकमा समृद्धि र जनतामा खुसीयाली ल्याउने पार्टी एमाले भएको बताए । एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष माया कंडेलको स्वागत तथा सचिव उमेश थापा लाटोमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेकपा एस सिद्धार्थनगरका युवा नेताहरुसहित चारसय बढी एमालेमा प्रवेश
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी चारसय बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले जानकारी दिए । उनीहरुलाई एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेल, लुम्बिनी प्रदेश कमिटी सदस्य हरि प्रसाद अधिकारी, रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, उपाध्यक्ष हितराज पन्थी, जिल्ला सचिवालय सदस्य उमा अधिकारी, सिद्धार्थनगर अध्यक्ष चक्र बहादुर थापा लगायतले पार्टीमा स्वागत गरेका थिए ।
नेकपा ९एकीकृत समाजवादी० सिद्धार्थनगरका युवा नेताहरु सन्तोष शर्मा, मुस्ताक अहमद भाट ९भोला०, अजय कुमार यादवलगायत युवाहरु एमालेमा प्रवेश गरेको पार्टीको जिल्ला सदस्य तथा युवा सह–इञ्चार्ज कृष्ण मल्ल ठकुरीले बताए । उनका अनुसार पार्टी प्रवेश गर्नेमा अधिकांश युवा र महिला छन् ।
प्रतिक्रिया