ताजा अपडेट »

सुनगाभा सैनामैना गोल्डकप : उपाधिका लागि कपिलवस्तु ११ र अभिषेक चर्च भिड्ने

सोमबार, २६ फागुन २०८१, १८ : ३३
54 Shares
सोमबार, २६ फागुन २०८१
54 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को अन्तिम सेमीफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएको छ । उसले महावीर क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । 

निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो। महावीर क्लब काठमाडौंका खेलाडी जर्सी नम्बर ७ का अरुण चौधरीको बल बाहिरिएपछि प्रतियोगितामा कपिलवस्तु ११ फाइनल प्रवेश गरेको प्रतियोगिताका संयोजक अशोक खड्काले जानकारी दिए । 

मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । त्यस्तै सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।