ताजा अपडेट »

हङकङविरुद्धको खेलमा नेपालले ‘टस’ जितेर पहिला बलिङ गर्दै

सोमबार, २६ फागुन २०८१, १७ : १९
24 Shares
सोमबार, २६ फागुन २०८१
24 Shares

काठमाडौं । युगान्डामा जारी महिला टी ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले ‘टस’ जितेको छ । 

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल क्रिकेट मैदानमा भरखरै भएको ‘टस’मा नेपाली टोलीको कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ रोजेकी हुन् । यससँगै हङ्कङले पहिला ‘ब्याटिङ’ गर्नेछ ।  आज हङकङलाई हराउँदै नेपाल प्रतियोगितामा दोस्रो जित दर्ता गराउने दाउमा छ । पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो । यस्तै, हङकङ पनि दोस्रो जितको खोजिमा छ । पहिलो खेलमा युगान्डासँग पराजित हङकङले दोस्रो खेलमा नामिबियालाई पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसँगै युगान्डा, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई÷ दुई  खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।