ताजा अपडेट »

उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप

सोमबार, २६ फागुन २०८१, १५ : ४५
34 Shares
सोमबार, २६ फागुन २०८१
34 Shares

काठमाडौं । उत्तर कोरियाले आफ्नो पश्चिमी तटबाट दक्षिण कोरियातर्फ धेरै अज्ञात ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले आफ्नो क्षेत्रतर्फ मिसाइल प्रहार गरेको जानकारी दिएको छ ।

रिपोर्टका अनुसार दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) ले पत्रकारहरूलाई पठाएको सन्देशमा स्थानीय समय अनुसार दिउँसो २ बजेतिर पश्चिमी तटबाट समुद्रतिर मिसाइलहरू प्रहार गरिएको बताएका छन् । सन्देशमा दक्षिण कोरियाली सेनाले निगरानी र सतर्कता बढाएको भनिएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाले सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाबीचको वार्षिक संयुक्त सैन्य अभ्यासको आलोचना गरेको थियो र यसले कोरियाली प्रायद्वीपको अवस्थालाई अझ खराब बनाउने बताएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।