इटहरी । लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान (फाइट एगेन्स्ट नार्कोटिक्स) ’ अभियान सञ्चालन गर्दै आएको छ ।
‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित अगाडि बढाइएको यो अभियानले उल्लेखनीय उपलब्धिहरू हासिल भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सुनसरीबाट सुरु भएको दुर्व्यसनविरुद्धको अभियान हाल कोशी प्रदेशमा विस्तारित हुँदै छ। अभियानको परिकल्पना सुनसरी प्रहरी प्रमुखका रूपमा कार्यरत रहेका बेला वर्तमान कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले गरेका थिए। अधिकारीको नेतृत्वमा यस अभियानलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समेटेर अघि बढाइएको थियो । जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
डीआईजी अधिकारीले अपराध रोकथाम र नियन्त्रणका क्षेत्रमा यो अभियानले ठूलो भूमिका खेलिरहेको बताए । अधिकारीले यस अभियानको माध्यमबाट दुर्व्यसनको समस्या समाधानमा व्यापक पहल गरेका छन् । अभियानको प्रभावले समुदायमा जागरूकता र परिवर्तन ल्याएको छ।
सुनसरी जिल्लामा अभियानको प्रारम्भिक सफलतापछि यसलाई प्रदेशभरि सञ्चालन गरिएको छ । यस अभियानले दुर्व्यसनबाट बचाउन र युवाहरूलाई सकारात्मक दिशातर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने छ । समुदायका सबै तहलाई जागरूक बनाउने योजना र प्राथमिकतासहित अभियान चलाइएको हो ।
दुर्व्यसनको दुष्परिणामबाट बच्नका लागि यो अभियान आवश्यक देखिएको डीआईजी अधिकारीले बताए । यसको व्यापक प्रभावलाई देखेर अन्य प्रदेशहरूमा कार्यान्वयनको आवश्यकता महसुस गर्न थालिएको छ ।
२०७५ साल माघ १४ गते सुनसरी जिल्ला प्रहरी कार्यालयले ‘शान्तिपुर्ण र सुरक्षित समाज निर्माणका लागि’ समुदाय प्रहरी साझेदारीअन्तर्गत ‘दुर्व्यसनविरुद्द ‘फ्यान’ अभियानको अवधारणा तयार पारेको थियो। अभियानको प्रारम्भिक चरणमा सुनसरी जिल्लाका १६ वटा माध्यमिक विद्यालयलाई समावेश गरिए पनि हालसम्म अभियान ७२ वटा विद्यालयमा विस्तार भइसकेको छ ।
अभियानको मूल उद्देश्य विद्यालयमा ‘फ्यान क्लब’ गठन गरेर विद्यार्थीहरूलाई लागुऔषधविरुद्ध सचेतना फैलाउने र उनीहरूलाई सामाजिक अभियानमा जोड्ने हो । क्लबमार्फत विद्यार्थीलाई सकारात्मक क्रियाकलापमा संलग्न गराउँदै दुर्व्यसनको जोखिम न्यूनीकरण गर्न पहल गर्ने गरिएको डीआईजी अधिकारी बताउँछन् ।
अभियानबाट हालसम्म ७० हजार ,भन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन् । सुनसरी जिल्लाका ७२ वटा विद्यालयमा ‘फ्यान क्लब’ गठन गर्दा ९ सय ३६ जना विद्यार्थीहरू प्रत्यक्ष रूपमा अभियानमा आबद्ध भएका थिए ।
विद्यार्थीहरूलाई सहजीकरण गर्न १ सय ४४ जना सम्पर्क शिक्षक हरू खटाइएको छ । शिक्षकहरुले नेतृत्व विकास, सचेतनामूलक कार्यक्रम तथा विद्यालयस्तरमा सामाजिक परिवर्तनका गतिविधिहरू सञ्चालन गर्न मद्दत गर्ने छन् ।
‘फ्यान’ अभियान विद्यालयस्तरमा मात्र सीमित नभइ समुदायमा समेत प्रभावकारी रूपमा विस्तार भएको छ। अभियानअन्तर्गत सार्वजनिक स्थलहरूमा धुम्रपान, मद्यपान तथा लागुऔषध सेवनलाई निरुत्साहित गर्न स्वयंसेवक परिचालन गरिएको छ।
धार्मिक तीर्थस्थल वराहक्षेत्र कुम्भ मेलामा ३ सय ९० जना स्वयंसेवक परिचालन गरी ६ हजार भन्दा बढी सचेतनामूलक पर्चा वितरण गरिएको थियो। बराहक्षेत्र नगरपालिकामा ‘दुर्व्यसन निषेधित घर’ घोषणा गर्दै प्रत्येक घरमा सचेतनामूलक स्टिकर टाँस गरिएको छ।
आदर्श मावि चताराले ‘दुर्व्यसन निषेधित विद्यालय’ घोषणा गर्दै लागुऔषधविरुद्धको अभियानलाई थप सशक्त बनाएको छ। अभियानलाई अझ प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरीले स्थानीय तह, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूसँग सहकार्य गर्दै आएको छ।
बराहक्षेत्र नगरपालिकाको शिक्षा शाखाले अन्य संघ–संस्था तथा क्लबहरूसँग मिलेर ‘फ्यान क्लब’ गतिविधिहरूलाई समेत समावेश गर्ने योजना अघि सारेको छ। प्रदेश सरकारले यसलाई दीर्घकालीन रूपमा अघि बढाउने योजना बनाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गौरवको योजनाका रूपमा यसलाई अगाडि बढाउने तयारी छ ।
प्रदेश सरकार तथा स्थानीय निकायहरूको सहकार्यमा फ्यान अभियानलाई संस्थागत गर्न विभिन्न योजना बनाइएको छ। आगामी दिनमा विद्यालयस्तरमा ‘फ्यान’ पुस्तकालय स्थापना गरी लागुऔषध नियन्त्रणसम्बन्धी जानकारी प्रदान गर्ने, ‘फ्यान आलमुनी’ गठन गरी अभियानमा संलग्न विद्यार्थीहरूलाई संगठित गर्ने, ‘फ्यान मोनिट‘
प्रतिक्रिया