बुटवल । काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको तत्वावधानमा व्यायाम व्यवसायी संघ काठमाडौँ द्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मिति २०८१ फागुन २४ गते शनिबार आयोजना गरेको दोस्रो राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप २०८१ प्रतियोगिताको उपाधि मुनु कला राईले जित्न सफल भइन ।
दशरथ रंगशाला स्थित कभर्डहलमा आयोजित प्रतियोगितामा भिजिनोभा रिक्रिएसनकी किरण कुमारी चौधरीले ५७ के जी भन्दा मुनि वजन समुहमा ९७.५ के जी उचाली प्रथम, प्लाटिनीएम फिटनेसकी विजयता सिमखडा द्वितीय तथा समय फिजिकल फिटनेस सेन्टरकी होमादेवी भुजेल तृतीय भइन । लायन जिमकी भेष कुमारी अस्लामीले १३० किलो वजन उठाई ५७.१ देखि ६३ केजी समूहमा प्रथम, फिटनेस मन्त्रकी झरना योञ्जन द्वितीय तथा लाइन जिमकि पुनम चौधरी तृतीय भईन ।
६३.१ देखि ७० केजी वजन समुहमा इटरनिटी फिटनेसकी दीपिका खत्री १३० किलो वजन उठाई प्रथम भइन भने फिटनेस मन्त्रकि प्रमिका बिष्ट तथा एक्सपोज जिमकी गायत्रा लिम्बु क्रमश द्वितीय तथा तृतीय भईन । ७० केजी भन्दा माथि वजन समुहमा टोटल फिजिकल फिटनेसकी मनुकला राई १७७.५ केजी वजन उठाई प्रथम भइन भने सोही समूहमा कार्यविनायक फिटनेसकी लुइसा भण्डारी द्वितीय तथा लायन जिमकी सविता श्रेष्ठ तृतीय हुन सफल भइन ।
प्रत्येक वजन समूहका प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडीहरूले मेडल, ट्रफी, प्रमाणपत्र, विभिन्न गिफ्ट ह्याम्पर तथा क्रमश १५ हजार, १० हजार तथा ५ हजार नगद पुरस्कार प्राप्त गरे । जम्मा चारवटा वजन समूह वजन समूहमा खेलाइएको खेलमा प्रत्येक समूहका विजेता खेलाडीहरूले प्राप्त गरेको पोइन्टको आधारमा १७७.५ के जी उठाएकी टोटल फिजिकल फिटनेसकी मनुकला राई ओभरअल विजेता बन्दै स्ट्रोङ्गेष्ट वुमेन अफ दि इयर पदवीको राजकाज साथै मेडल, ट्रफी, बिभिन्न गिफ्ट ह्याम्पर र नगद पुरस्कार १ लाख २ हजार प्राप्त गरिन् । यसरी उनले जम्मा नगद रु १ लाख १७ हजार प्राप्त गरिन ।
विशिष्ट अतिथि नेपाल प्रहरीका पूर्व ए आई जि पि एवं नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, विशेष अतिथि नेपाल ओलम्पिक कमिटीका सचिव राम कृष्ण श्रेष्ठ बोस, नेपाल शारीरिक संगठन तथा फिटनेस महासंघका सचिव दिनेश राजभण्डारी, नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजन श्रेष्ठ, काठमाडौँ जिल्ला शारीरिक तथा फिटनेस संघका अध्यक्ष सुरेश सुवेदी, व्यायाम व्यवसायी संघ काठमाडौँकी अध्यक्ष शोभा गुरुङ लगायतले खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया