बुटवल । ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएकोछ। समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले महिला अधिकारः मानवअधिकार तथा नेपाल नागरिकता ,दोस्रो संसोधन विधेयक २०८१ शिर्षकमा शान्ति समाजको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
सो अबधारणा माथि नागरिक सम्बाद भएको थियो। प्रमुख अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक समेत रहेकी लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले नागरिक सम्बादमा बोल्दै शान्ति समाजले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निकै महत्त्वपूर्ण बिषय उठान गरेकोमा सराहना गर्दै नागरिकता सम्बन्धि समस्याको समस्या अबिलम्ब समाधान गरिनुपर्नेमा जोड दिए ।
उनले नागरिकता नपाउदा बैंक खाता खोल्न,सिम निकाल्न, जग्गा किन्न लगायत धेरै क्षेत्रमा महिलाहरु एवं सम्बन्धित बर्ग बन्चित हुनुपरेको उल्लेख्य गरे । आफुहरुले सदनमा कुरा उठाउदै आएको र पुरा नभएसम्म उठाइराख्ने बताए ।
प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय पुर्वसभापति गोविन्द खनालले महिलाको समानता, सहभागिता, सरसम्मान, आर्थिक निर्णयको अधिकार, चुनावमा प्रत्यक्ष लड्ने बाताबरण बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले नेपालले प्रत्येक नागरिकको मानवअधिकार संरक्षणको लागि अन्तर्राष्ट्रिय मंचमा गरेका महासन्धिहरु कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।
विशिष्ट अतिथि राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवालीले नागरिकता बिहिन भएर राष्ट्रियता बिहिनको अवस्थालाइ अन्त्य गर्न शान्ति समाज लगायतका अधिकारकर्मीसग सदैव सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राससका पुर्व अध्यक्ष डाक्टर बालकृष्ण चापागाईं, शान्ति समाजका केन्द्रिय सचीव (लुम्बिनी प्रदेश) डिपि खनाल, वडा अध्यक्ष यज्ञ पङ्गेनी, महिला अधिकारकर्मी रिता सेन, बह्रमाकुमारी मोनिला, बिष्णु भण्डारी लगायतले महिला श्रमिक तथा आम गरिखाने महिलाको न्यायको लागि सबै एक जुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रम शान्ति समाजका सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, निवर्तमान सभापति खिम प्रसाद भट्टराई (कृष्ण) को स्वागत, पुर्व सभापति हरिश ढकालको धन्यवाद ज्ञापन तथा उपसभापति कृष्ण पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया