ताजा अपडेट »

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको डिस्ट्रिक्ट गभर्नरमा दुर्गा हुमागाईं

आइतबार, २५ फागुन २०८१, २० : २४
16 Shares
आइतबार, २५ फागुन २०८१
16 Shares

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ के नेपालको शनिवार पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट सञ्चार उद्यमी दुर्गा प्रसाद हुमागाईं डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन्। ।

सफल आवाज डटकमका प्रकाशक तथा सफल मिडिया हाउस प्रालि का अध्यक्षसमेत रहेका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व हुमागाईं लायन वर्ष २०२५– २०२६ को लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका हुन्।

डिस्ट्रिक्ट गभर्नरमा निर्बाचित लायन लिडर हुमागाई बिगत १९ वर्षदेखि लायन्समा निरन्तर सक्रिय छन्। ४५ वर्षअघि काभ्रे जिल्लाको कुशादेवीमा जन्मेका उनी बिगत २३ बर्षदेखि पोखरामा बसोबास गरिरहेका छन्। उनी लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्वअध्यक्ष समेत हुन्।

यस्तै लायन वर्ष २०२५–२६ को लागि प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा रमेश अधिकारी र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा विष्णुहरि फुयाँल निर्वाचित भएका छन् ।

इलेक्ट डिस्ट्रिक्ट गभर्नर हुमागाईले लायन वर्ष २०२५–२६ को डिस्ट्रिक्ट क्याविनेट सेक्रेटरीमा ट्रिजा ढकाल, डिस्ट्रिक्ट कोषाध्यक्षमा रामकुमार लामिछाने, डिस्ट्रिक्ट चिफ एड्भाइजरमा टिकाराम सापकोटा, डिस्ट्रिक्ट चिफ पिआरोमा शैलेन्द्र दाहाल र डिस्ट्रिक्ट चिफ एडमिनिष्ट्रेटरमा हसन कुमार गोपाली मनोनीत गरेका छन् ।

यसैबीच, लायन्स अन्तर्रास्ट्रिय, डिस्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित गराएकोमा गभर्नर हुमागाईंंले अग्रज लायन लिडर तथा सम्पूर्ण मतदाता लायनहरुप्रति आभार व्यक्त गरेका छन्। निर्वाचित भएपछि मन्तव्य राख्दै इलेक्ट डिस्ट्रिक्ट गभर्नर हुमागाईले लायन वर्ष २०२५–२६ लाई स्मरणीय वर्ष बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उक्त तेश्रो महाधिवेशनमा डिष्ट्रिक ३२५ के नेपालका १ हजारभन्दा बढी लायन सदस्यहरुको सहभागिता थियो ।

लायन कैलाश पालिखे कन्भेनर रहेको उक्त महाधिवेशनको उद्घाटन लायन्सका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले गरेका थिए भने लायन्स क्लब अफ पोखरा लेक सिटी, लायन्स क्लब अफ पोखरा संगम र लायन्स क्लब अफ पोखरा समृद्धि होस्ट क्लबको रुपमा रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।