ताजा अपडेट »

मोनिका युनिसेक्स एण्ड एकेडेमी १३ औँ वर्षमा, अब छिट्टै काठमाडौँमा पनि खुल्ने

आइतबार, २५ फागुन २०८१, २० : ०३
40 Shares
आइतबार, २५ फागुन २०८१
40 Shares

बुटवल । मोनिका युनिसेक्स सलुन एण्ड एकेडेमी १३ औँ वर्षमा प्रवेश गरेको छ । बुटवलको विपिचोकमा रहेको उक्त एकेडेमीले आइतबार आफ्नो स्थापना दिवस विशेष कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले महिलाले केही गर्न सक्दैन भन्ने भ्रम गलत रहेको बताइन् । महिलाहरुले अवसर पाएमा जस्तो सुकै काम पनि गर्न सक्षम रहेको उपप्रमुख अर्यालले बताइन् ।
‘महिलाहरुले केही गर्न सक्दैन भन्ने भ्रम रहेको छ, महिलाले अवसर पाए जे पनि गर्न सक्छन् भन्ने गतिलो उदाहरण मोनिका युनिसेक्सकी संचालिका मोनिकालाई लिन सकिन्छ’, उपप्रमुख अर्यालले भनिन् ।

यस्तै संचालक मोनिका क्षेत्रीले सबैको साथ र सहयोगले आफु यहाँसम्म आएको भन्दै निरन्तर रुपमा सहयोग अपेक्षा गरिन् । साथै संचालक क्षेत्रीले काठमाडौँको सामाकुसी चोकमा शाखा विस्तार गर्न लागेको बताइन् । उक्त शाखा नयाँ वर्ष भन्दा पहिला नै संचालनमा ल्याउने तयारी रहेको बताइन् ।

‘अब काठमाडौँमा शाखा संचालन गर्ने तयारीमा छौँ । अहिले डेकोरेशनको काम भइरहेको छ। नयाँ वर्ष भन्दा अघि नै संचालनमा आउँछ,’ उनले भनिन् ।  

कार्यक्रममा लोकदोहरी गायक बालचन्द्र बराल, गायिका शुशिला गौतम, एन्जिला रेग्मी, रेनुका भट्टराई, शुशिला श्रीपाली, गायक नारायण विपि परियार, मोडेल स्मारिका ढकाल, कलाकार ललिप खान र नारायणी खत्री लगायतका राष्ट्रिय तथा स्थानीय कालाकारहरुले विशेष प्रस्तुती पनि प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवका कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष विमलराज भट्टराई, बुटवल ६ का वडाध्यक्ष लेखनाथ न्यौपाने, संचालक गंगनबहादुर क्षेत्री लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

संचालक क्षेत्रीले वि.स. २०७० साल फागुन २५ गते बुटवलको अमर पथमा मोनिका ब्युटि केयर एण्ड कस्मेटिकको सुरु गरेकी थिइन् । २०७९ सालमा बुटवलको विपिचोकमा व्यवसाय सारेपछि मोनिका युनिसेक्स सलुन एण्ड एकेडेमी राखिएको थियो ।

यही साउनदेखि स्किन एण्ड हेयर लेजर क्लिनिकको सेवा समेत थप भएको छ । बुटवलमा व्युटिशियनले स्किन एण्ड हेयर लेजर गर्नेमा मोफोसलमा उनी पहिलो हुन् ।

यस्तै एकेडेमीमा ६ हजार भन्दा बढीले तालिम समेत लिएका छन् । उक्त शैलुनमा अहिले १८ जनाले रोगगारी समेत पाएका छन् ।
 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।