ताजा अपडेट »

सैनामैना गोल्डकपः अभिषेक चर्च रजहर फाईनलमा प्रवेश

आइतबार, २५ फागुन २०८१, १९ : २२
66 Shares
आइतबार, २५ फागुन २०८१
66 Shares

बुटवल । रुन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा अभिषेक चर्च रजहर नवलपुरको टिम फाइनल प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक मुर्गिया फुटबल कलबलाई २-० गोल अन्तरले पराजित गर्दै अभिषेक चर्च फाइनल पवेश गरेको हो ।

सैनामैना फुटबल रंगशालामा भएको पहिलो सेमीफाईनल खेलमा पहिलो हाफ बराबरी सकिएक   थियो भने दोस्रो हाफमा २ वटा गोल भएको हो । चारजना विदेशी खेलाडी मैदानमा उतारेको अभिषेक चर्चको रक्षापंक्ति बलियो हुँदा आयोजक मुर्गिया फुटबल क्लबले केही पोष्ट आक्रमणको अवसर पाएपनि गोलमा परिणत हुन सकेनन् ।  अभिषेक चर्चका लागि दुबै निर्णायक गोल जर्सी नं. ९ का विदेशी खेलाडी मार्टिन्सले गरे । उनी आईतबारको म्यान अफ दि म्याच घोषित भए ।

सोमबारको दोश्रो सेमीफाईनल खेल महाबीर क्लव काठमाडौं र कपिलवस्तु-११ बीच हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख  रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।