रुपन्देहीका पाँच विद्यार्र्थी संगठनहरुले चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई शान्तिपूर्ण,भयरहित र निश्पक्ष रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन ।
उनीहरुले स्ववियु चुनावको बेला हुने तोडफोड ,तालाबन्दि तथा झैझगडाले स्ववियुको गरिमा र विरासतमाथि नै प्रश्न उठ्ने भएकाले आफुहरु सचेत रहेको बताएका थिए ।
सामाजिक परिवर्तन केन्द्रले बुटवलमा आयोजना गरेको संबाद कार्यक्रममा बोल्दै केन्द्र , प्रदेश तथा स्थानीय संरचनाहरुमा आवद्ध युवा तथा विद्यार्थी नेताहरुले साझा मञ्चको रुपमा रहेको स्ववियुलाई साझा प्रतिबद्धता अनुसार संरक्षण गर्न सकिएन भने प्राप्त उपलव्धी नै गुम्न सक्ने खतरा रहेको औल्याएका थिए ।
स्ववियुलाई शान्तिपूर्ण , मर्यादित र निश्पक्ष बनाउन विद्यार्थी संगठन, क्याम्पस प्रशासन र मातृ पार्टीहरुको भूमिका अहम हुने भन्दै सहभागीहरुले आचारसंहिताको पालना गर्न र गराउन आफनो संगठन तयार रहेको स्पष्ट पारेका थिए ।
कार्यक्रममा विप्लव निकट नेकपाका केन्द्रीय सदस्य शरद वली ले साझा उपलव्धीको रक्षा गर्न अन्य विद्यार्थी संगठनहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकास रानाले प्रदेश भित्रका सबै क्याम्पस हुने स्ववियु निर्वाचन नेविसंघका कारणले वातावरण नखलबलिने बताउँदै रुपन्देहीले सहमति , सहकार्य र एकताको सन्देश दिनसक्नु पर्ने बताए ।
नेकपा एमालेका रुपन्देही उपसचिव बाबुराम पन्थीले अनेरास्ववियुका कारण रुपन्देहीका कुनैपनि क्याम्पसमा स्ववियु चुनाव नभाडिने भन्दै तालावन्दि र द्धन्द्धले विद्यार्थी आन्दोलनलाई नै गम्भीर असर पुराउने भएकाले सचेत हुनुपर्ने बताए ।
माओवादी केन्द्र रुपन्देहीका विद्यार्थी इन्चार्ज हुमनाथ न्यौपानेले विद्यार्थी संगठनहरुको प्रतिबद्धता र व्यवहार फरक नहुने हो भने चुनाव शान्तिपूर्ण हुने भन्दै अखिल क्रान्तीकारी र माओवादी केन्द्र चुनावको बाधक नबन्ने बताए ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा विद्यार्थी इन्र्चाज साजन भण्डारी,नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरु प्रेमराज परियार र विष्णु प्रसाद खनाल , रुपन्देही जिल्ला अध्यक्ष सन्दिप पाण्डे , अखिल क्रान्तिकारीका रुपन्देही अध्यक्ष टिकाराम आचार्य , अखिल छैठौका इन्र्चाज सरोजमान सिंह, अखिल समाजवादीका प्रदेश सहइन्र्चाज विष्णु बहादुर रावत , जिल्ला अध्यक्ष पदम नेपाली, कुमार नेपाली , अनेरास्ववियुका साल्बिया आचार्य लगाएतले बोल्दै शान्तिपूर्ण रुपमा स्ववियु चुनाव सम्पन्न गराउन सांगठानीक प्रतिबद्धता जनाएक थिए ।
प्रतिक्रिया