बुटवल । दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आइतवार भएको खेलमा कर्णालीले सुदूरपश्चिममाथि ७९ रनको जित हासिल गरेको हो ।
कर्णालीले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे । किरण ठगुन्ना १३ रनमा आउट हुँदा शेर मल्ल १३ रनमा नट आउट रहे । कर्णालीका लागि दिपेन्द्रले ९ ओभरमा ३३ रन खर्चिएर ७ विकेट लिए । कप्तान दिवान पुनले २ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि दाङको लमहीमा टस जितेर ब्याटिङ रोजेको कर्णाली ४०।४ ओभरमा १ सय ५५ रनमा समेटियो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ७१ रन जोडे । उनले ९४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।
दिनेश अधिकारी १७ तथा कप्तान दिवान १२ रनमा आउट भए । सुदूरपश्चिमका लागि हेमन्त धामीले ४, नारायण जोशीले २ तथा शेर मल्ल, भोजराज भट्ट र मिलन बोहोराले समान १ विकेट लिए ।
प्रतिक्रिया