ताजा अपडेट »

मुलुकको विकासमा सरकारको जोड

आइतबार, २५ फागुन २०८१, १६ : २१
16 Shares
आइतबार, २५ फागुन २०८१
16 Shares

भोजपुर । उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार गठन भएको बताएका छन् । मुलुकको विकासलाई सरकारले जोड दिएको उनको कथन छ ।
    
भोजपुर नगरपालिका वडा नं ४ दाँवामा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयको ७७औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै  उनले सो कुरा बताएका हुन् । सहरी विकासमन्त्रीसमेत रहेका उनले मुलुकको विकास निर्माण र स्थायित्वका लागि  वर्तमान सरकार क्रियाशील रहेको बताए ।  
    
विकास निर्माणका गतिविधि निरन्तर अगाडि बढाउन वर्तमान सरकार क्रियाशील रहेको बताउँदै उपप्रधानमन्त्री सिंहले आगामी वर्षको बजेट सबै वर्ग र क्षेत्रलाई समेटेर बनाउन अर्थमन्त्रीलाई अनुरोध गर्ने बताए । 

भोजपुरको शैक्षिक उन्नयनमा उक्त विद्यालयले निर्वाह गरेको बताउँदै भूमिकाको सराहना गर्दै उनले उपलव्ध स्रोतसाधनको उचित प्रयोग गर्न शिक्षक कर्मचारीलाई आग्रह गरे । 

त्यस अवसरमा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, कोशी प्रदेशसभा सदस्य विनोद बान्तवा, पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला, जनप्रतिनिधि तथा स्थानीय गण्यमान्य व्यक्ति, अभिभावक, पूर्वविद्यार्थीलगायत सहभागी थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।