ताजा अपडेट »

सिद्धार्थ उवासंघकाे वाणिज्य उपाध्यक्षमा हरि बहादुर थापा निर्वाचित

आइतबार, २५ फागुन २०८१, ०७ : ४२
146 Shares
आइतबार, २५ फागुन २०८१
146 Shares

भैरहवा २५ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको हिजो शनिवार सम्पन्न निर्वाचनमा वाणिज्य उपाध्यक्ष तर्फ ११ मततन्तरले हरि बहादुर थापा निर्वाचित भएका छन् । उनले ११ मतले अर्का उम्मेदवार दिपक कुमार पौडेललाइ पराजित गरेका हुन ।

अधिकांश पदाधिकारीहरू निर्विरोध निर्वाचित भए पनि वाणिज्य उपाध्यक्ष, सह–कोषाध्यक्ष र सदस्यहरूका लागि  निर्वाचन भएको थियो । जम्मा २ हजार १ सय १२ सदस्य रहेको संघमा शनिवार भएको मतदानमा १ हजार ६ सय ७०  जना मतदानमा सहभागी भएका थिए ।

वाणिज्य उपाध्यक्षमा ७५१ मतका साथ हरि बहादुर थापा निर्वाचित भएका हुन भने उनका प्रतिस्पर्धी वाणिज्य उपाध्यक्षका अर्का उम्मेदवार दिपक कुमार पौडेलले ७४० र यमकला न्यौपानेले १५८ मत प्राप्त गरेका छन् । पछिल्लो  पटकको (६५औँ ) वार्षिक साधारण सभा तथा अधिवेशन (निर्वाचन) मा उद्योग उपाध्यक्षमा दिलिप कुमार कान्दुुसँग ११ मतले पराजित थापा अहिले भने ११ मतले नै वाणिज्य उपाध्यक्षमा निर्वाचित भएका छन् । थापा रुपन्देही क्रिकेट संघका अध्यक्ष समेत हुन् । उनी विभिन्न संघ–संस्थाहरूमा आबद्ध छन् ।

सह–कोषाध्यक्षमा पल्लवी न्यौपाने विजयी भएकी छन् । न्यौपाने ९४४ मतका साथ विजयी  भएकी हुन । उनकै प्रतिस्पर्धी सह–कोषाध्यक्ष पदका उम्मेदवार संजय कुमार बेरिवालले ६८३ मत प्राप्त गरे। कार्यसमिति सदस्य वाणिज्यतर्फ (महिला) मा ९२३ मतका साथ मीना पन्थी विजयी भएकी भने  सोही पदको अर्की उम्मेदवार सुनयना के.सी. गिरीले ५४० मत प्राप्त गरिन।

त्यस्तै कार्यसमिति सदस्य उद्योगतर्फ अभिनव थापा (११७९), ओम जैसी (१०५९), कमल ज्ञवाली (१०१२), दिपेन्द्र पौडेल (९१२) र रचना क्षेत्री (८५९) मतका साथ विजयी भएका छन् । त्यस्तै कार्यसमिति सदस्य (वाणिज्यतर्फ) धर्मवीर शर्मा (११८३), अभिनव मयुर कसौधन (१११४), प्रमोद रिजाल (१०९९), पुजा आचार्य (१०४९), विशाल जयसवाल (१०२१), रमेश घिमिरे (९६४), हरिश सेठिया (९३३), धर्मराज आचार्य (९३१), प्रकाश रेग्मी (८६६) र गंगासागर अग्रहरी (८६१) मतका साथ विजयी भएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा नेत्र प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा दिलिप कुमार कान्दु, उपाध्यक्षमा (उद्योगतर्फ) गोविन्द ज्ञवाली, उपाध्यक्ष (कर्पोरेटतर्फ) रोहित कुमार अग्रवाल, महासचिवमा कृष्ण प्रसाद घिमिरे, सचिवमा मंगल भण्डारी, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी, कर्पोरेट सदस्यमा विकास कुमार गोयनका, अर्पित अग्रवाल, वस्तुगत सदस्यमा प्रितम रौनियार र कार्यसमिति सदस्य उद्योगतर्फ (महिला) मा विष्णु माया शर्मा  यस अधि नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।