ताजा अपडेट »

रेडियो मुक्तिको महिला दौड प्रतियोगितामा प्रकृति र कल्पनालाई उपाधि

शनिबार, २४ फागुन २०८१, २२ : ५६
62 Shares
शनिबार, २४ फागुन २०८१
62 Shares

बुटवल । ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तिकरण, स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ बुटवलमा शनिबार ५ किलोमिटर र २ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ ।

रेडियो मुक्ति बुटवलको आयोजना, कालिका स्वाबलम्बन सामाजिक केन्द्र तथा सेतो गुराँस बालविकास सेवा रुपन्देहीको सह आयोजना र बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, वित्तीय तथा सामाजिक संघसंस्था तथा बिभिन्न क्लबहरुको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो । दौड प्रतियोगितामा कालिका मानवज्ञान माबिकी प्रकृति घिमिरे २३ मिनेट २८ सेकेण्ड ३४ प्रतिसेकेण्डमा ५ किलोमिटर दूरी पार गर्दै उपाधि हात पारेकी छन् । उपाधिसँगै नगद १० हजार रुपैया, मेडल र प्रमाणपत्रबाट सम्मानित भइन् । त्यस्तै मानवज्ञान माविकै कृति पराजुली २३ मिनेट ३९ सेकेण्ड १४ प्रतिसेकेण्डमा दूरी पार गरि द्वितीय भइन् । क्षेत्रीले ७ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । ज्ञानोदय माविकी इश्वरी विक  २४ मिनेट ३० सेकेण्ड ५० प्रतिसेकेण्डमा पाँच किलोमिटर दूरी पार गर्दै तृतीय हुन सफल भइन् । बुढाले नगद रु नगद ५ हजार, प्रमाणपत्र र मेडल प्राप्त गरिन् ।

त्यस्तै २ किलो मिटर महिला दौड प्रतियोगिता अन्र्तगत बुटवल ९ की कल्पना बस्नेत ९ मिनेट ५९ सेकेण्ड १६ प्रतिसेकेण्डमा २ किलोमिटर दूरी पार गरि प्रथम हुन सफल भईन्  । उनले नगद रु ५ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । ज्ञानोदय माविकी कल्पना पल्ली ९ मिनेट ५९ सेकेण्ड ८४ प्रतिसेकेण्डमा दूरी पार गर्दैै द्वितीय हुन सफल भईन् । उनले नगद रु ४ हजार ५ सय प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । तिलोत्तमा ९ की रामकुमारी गाहा १० मिनेट ३४ सेकेण्ड ३५ प्रतिसेकेण्डमा दूरी पार गर्दै तेस्रो हुन सफल भईन् । उनले नगद रु ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरिन् । ५ किलोमिटर दौड प्रतियोगितामा १४ वर्षदेखि २१ वर्ष सम्मका र २ किलोमिटर दौड प्रतियोगितामा २१ देखि माथि उमेर समुहका महिलाहरु सहभागी भएका थिए । 

प्रदेश प्रमुख कार्यालयबाट शुरु भएको ५ किलोमिटर दौड मिलनचोक हुँदै फाईनान्स पुगेर पुनः प्रदेश प्रमुख कार्यालयमा पुगेर समापन गरिएको थियो । २ किलोमिटर दौड प्रदेश प्रमुख कार्यालयबाट शुरुभई ट्राफिक चोक पुगेर र पुनः प्रदेश प्रमुख कार्यालयमा आई समापन भएको थियो । कार्यक्रममा बुटवलका बिद्यालय, सरकारी तथा गैरसरकारी संघसंस्था र महिला गरी ४५० जना महिलाको सहभागिता रहेको थियो । ५ किलोमिटर दौड प्रतियोगिताको एक कार्यक्रमका बीच बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै पाण्डेयले खेल क्षेत्रको प्रर्द्धनका लागि बुटवलले बिभिन्न खेल गतिबिधि संचालन गरिरहेको बताए । उनले महिलाको खेल क्षेत्रको बिकाससँगै आर्थिक, सामाजिक सबलीकरणका लागी नगरले बिभिन्न सिपमूलक कार्यक्रम अगाडी सारेको बताए ।

२ किलोमिटर खुल्ला महिला दौड कार्यक्रम उद्घाटन गर्दै उपप्रमुख साबित्रादेवी अर्यालले महिलाको आन्दोलनहरुले सफलताको मार्गमा अगाडि बढेको बताउँदै खेलमा पनि महिलालाई लगानी गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले खेलाडीमा हौसला प्रदानहुने बताईन् । आर्थिक सशक्तीरकरणमा नगरले महिलामा लगानीको वातावरण स्थापना गरेको बताइन् । महिला दिवसका अवसरमा बुटवल उपमहानगर पालिकाले बिभिन्न क्षेत्रमा सफल महिलाहरुलाई सम्मान गरिने बताईन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले रेडियो मुक्तिले आयोजना गरेका कार्यक्रम महिला शसक्तिकरणसँग जोडिएका हुने भएकाले वडाबाट सधै साथ रहयोग रहेको बताए । 

रेडियोका सचिव सबिता निरौलाले महिला खेलाडी उत्पादनमा टेवा पुगोस् भन्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको बताइन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक इन्द्र बहादुर राना, पत्रकार महासंघ रुपन्देहीका काबा अध्यक्ष विश्वास ढकाल, कार्यक्रम सहआयोजक संस्था कालिका स्वाबलम्बन सामाजिक केन्द्रका अध्यक्ष मनिदप सिङ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, खेल प्राबिधिक प्रमुख मोहन घले लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीले गरेकी थिईन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।