ताजा अपडेट »

बिनोद र अरबिनलाई सेमलारमा सम्पन्न लुम्बिनी प्रदेशस्तरिय ब्याडमिन्टनको उपाधि

शनिबार, २४ फागुन २०८१, २२ : २४
178 Shares
शनिबार, २४ फागुन २०८१
178 Shares

बुटवल । रुपन्देहीको सेमलारमा शनिबार सम्पन्न प्रथम सेमलार यु–१६ स्कुल लेभल बुटवल उपमहानगरपालिका तथा लुम्बिनी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगितामा खुलातर्फ मेन्स डबल्सको उपाधि लाफा समुहका बिनोद पौडेल र अरबिन श्रीपालीको जोडीले चुमेका छन् । बुटवल उपमहानगरपालिका संरक्षकत्वमा सेमलार ब्याडमिन्टन क्लबको आयोजनामा शनिबार अबेर भएको फाईनलमा लाफा समुहकै विवेक न्यौपाने र मनसुन थापाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै पौडेल र श्रीपालीको जोडीले उपाधि चुमेका हुन । 

उपाधिसँगै विजेताले नगद ४१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता लाफा समुहकै विवेक न्यौपाने र मनसुन थापाको जोडी भने नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाए । प्रतियोगितामा गुल्मी फिट एण्ड फाईनका जेनिश शेरचन र अनिस थापाको जोडी तथा सेमलार ब्याडमिन्टनका हिमान्सु कुंवर र लक्ष्मण रानाको जोडी तृतीय हुँदै नगद ७ हजार ५ सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

यसैगरि प्रतियोगिताको मेन्स डबल्स ३० प्लसको उपाधि लाफा समुहका नारायण पौडेल र रक्षा गुरुङको जोडी जितेका छन । शनिबार अबेर भएको फाईनलमा मधवलिया ब्याडमिन्टन क्लबका नरसिंह बुढा र डिल्ली रानाको जोडीलाई पराजित गर्दै लाफा समुहका पौडेल र गुरुङको जोडीले उपाधि चुमेका हुन । प्रतियोगितामा सेमलार ब्याडमिन्टनका तुल्सी पाडेमगर र प्रेम सिह रानाको जोडी तथा बर्दघाट ब्याडमिन्टनका दिल बहादुर सुनारी र पवन श्रेष्ठको जोडी तृतीय भएका छन ।

यसैगरि ४५ प्लसको उपाधि नेपालगंजका अनिल लाखे र जिवन श्रेष्ठको जोडीले चुमेका छन । लाखे र श्रेष्ठको जोडीले फाईनलमा नवलपरासीका शंकर भण्डारी र कृष्ण रानाको जोडीलाई पराजित गर्दै उपाधि चुमेका हुन । प्रतियोगितामा तिलोत्तमा ब्याडमिन्टनका सुरज गुरुङ र रमेश रेश्मीको जोडी तथा बुटवल ब्याटमिन्टनका पंकज ज्ञवाली र महेश्वर नेपालको जोडी तृतिय भएका छन । प्रतियोगिताको मेन्स डबल्सको ३० प्लस र ४५ प्लसतर्फका प्रथम, द्घितिय र तृतिय टिमले क्रमश नगद ३५ हजार, २५ हजार र ७५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको क्लबका सचिव ईश्वरी तरामुले बताए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रवक्ता तथा वडा नं १५ का वडाअध्यक्ष शिव राना, क्लबका अध्यक्ष पुर्ण प्रकाश थापा, क्लबका सल्लाहकार जय बहादुर छन्त्याल, खेल संयोजक चुरन थापा मगरले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।यु–१६ मेन्स डबल्स प्रतियोगिता नगरस्तरिय अन्तरमाबि तथा खुला मेन्स डबल्स, ३० मेन्स डबल्स र ४५ प्लस डबल्स गरि चार विधामा प्रतियोगिता सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।