ताजा अपडेट »

बुटवल सोसल ग्रुपद्वारा बुटवलमा बृहत निःशुल्क स्वास्थ्य शिविर

शनिबार, २४ फागुन २०८१, २२ : ०८
102 Shares
शनिबार, २४ फागुन २०८१
102 Shares

बुटवल । बुटवल सोसल ग्रुपले बुटवलमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।   स्वास्थ्य नै धन हो भन्ने उद्देश्यसहित  बुटवल उपमहानगरपालिका  वडा नम्बर १ एक मा आयोजना गरिएको शिबिरमा २ सय ५६ जनाले  स्वास्थ्य चेकजाच तथा  नि सुल्क औषधी  वितरण गरिएको थिए ।

 बुटबल उपमहानगरपालीकाको सहयोगमा  आयोजना गरिएको  शिविरमा  गाईनो नाककान घाटी हाडजोनी नसारोग फिजीसियन  सम्बधित उपचार गरिएको थियो ।

निः शुल्क शिबिरमा बोल्दै  बुटबल उपमहानगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष नरेन्द्र बस्नेतले  स्वास्थ्य शिबिरले घर घरमा रहेका बृद्ध आमा बुवाहरूलाई उपचार गराउन  ठुलो सहयोग पुगेको बताए । अस्पताल जान नसक्ने आर्थिक  स्थिती कमजोर भएका  बिरामीहरूका लागी नि: शुल्क  स्वास्थ्य शिबिर फलदाई भएको  उनको भनाई छ । 

वडा अध्यक्ष बस्नेतले भने आफनै वडालाई रोजेकोमा आयोजकहरूलाई धन्यवाद समेत दिएका थिए । डाक्टर दिनेश शाक्यले समय समयमा गरिने शिबिरहरूले बिरामीको उपचारमा सहयोग मिल्ने बताए । बुटवल सोसल गुरूपमा  अध्यक्ष भोज बहादुर थापाले  स्वास्थ्य शिबिरले धेरै बिरामीहरूलाई राहात पुगेको बताए ।

सस्थाको स्थापना नै सामाजिक सेवामा लाग्ने गरी गठन भएको  भन्दै समाजमा हुने हरेक सामाजिक कृयाकलापहरूमा सहयोगी को रूपमा काम गदैआएको  थापाले बताए ।

सोसल ग्रुपले  पछिल्लो समय स्वास्थ्य सेवा लिन नसकेका  आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नसकेका बालबालिका हरूलाई कपडा कापिकलम बितरण, हरियाली बुटवल बनाउन बृक्षारोपण, अभाव भएकालाई खाद्यान्न वितरण गर्दै आएको  अध्यक्ष थापाको भनाई छ बुटबल उपमहानगरपालीका बडा नम्बर १ का वडा सदस्य अशोक राईले नि:शुल्क स्वास्थ्य शिबिर सन्चान गरेर धेरैलाई उपचार र औषधी बितरण गरेर  पुन्य काम भएको बताए ।

वडाका धेरै मानिसहरू स्वास्थ्य शिबिरबाट लाभाबित भएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।